Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं महानगरको साथी महानगर कार्यक्रम लागु

काठमाडौं महानगरपालिकाले साथी महानगर स्वर्णिम योजना कार्यक्रम लागु गरेको छ । महानगरपालिकाले महानगरवासीको सुख दुःखमा साथ दिन महानगर साथी स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको हो ।

योजनाअन्तर्गत गरिब, विपन्न वर्गका सुत्केरी, विपन्न वर्गलाई किरिया खर्च, जोखिममा परेका बालबालिका, बृद्धबृद्धा र अपांगता भएका व्यक्तिलाई सहयोग गरिने महानगरले जनाएको छ ।

यसका लागि आफू बसेको वडा कार्यालय अथवा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन इकाईमा सम्पर्क गर्नुपर्नेछ ।

यो कार्यक्रमबारे काठमाडौं महानगरका मेयर बालेन शाहले पनि फेसबुकमा लामो स्टाटस लेख्दै जानकारी दिएका छन् । बालेनले भनेका छ, यदि, विपन्न हुनुहुन्छ र किरिया खर्चको समेत आवश्यकता छ भने महानगरले २० हजार सम्म खर्च उपलब्ध गराउनेछ ।