Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाण्डौदेखि इस्लामावादसम्म सिधा हवाई उडान

काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले दुई देशको विचमा व्यापार र पर्यटन प्रवर्द्धनको लागि सिधा हवाइ उडानको आवश्यकतामा जोड दिएका छन् । पाकिस्तानको चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राजदूत अधिकारीले दुई देशको विचमा अहिले एकदमै सौहार्दपूर्ण सम्बन्ध रहेको र दुई देशको विचमा सिधा उडान सुरु गर्न सकिएमा व्यापारिक सम्बन्धले पनि फड्को मार्ने बताएका छन् ।

काठमाडौं–इस्लामावाद हवाइ उडानको लागि पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले पहल गर्नुपर्ने अधिकारीको भनाइ थियो । साथै उनले दुई देशको बिचमा व्‍यापार र पर्यटनको पनि प्रचुर सम्भावना बन्दै गएकाले त्यसका लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् । पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा कार्यभार सम्हालेदेखि नै राजदूत अधिकारीले दुई देशको बिचमा सिधा उडानको प्रस्ताव गरिरहेका छन् । उनले पाकिस्तानका विभिन्‍न मन्त्री र उच्च अधिकारीहरुसँगको भेटमा समेत उक्त प्रस्ताव गर्दै आएका छन् । काठमाडौं र इस्लामावादको बिचमा सिधा उडान नहुँदा पाकिस्तान जान लामो रुट र ट्रान्जिटमा बस्नुपर्ने बाध्यता छ ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल