Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । पार्टी विधि र प्रकृयामा चलेन । एमाले भनेकै केपी ओली ओली भनेकै एमाले भएपछिको प्रदेश स्तरका अधिवेशन तर्फ सबैको ध्यान छ । तर आन्तरिक रूपमा पार्टीको नेतृत्व निर्वाचनबाट गर्नुपर्छ भन्ने केपी ओलीलाई उनकै टीम भित्र विभाजन आएपछि अप्ठ्योरो पार्दैछ । केपी आफैं सर्बसम्वत बन्ने अहंकार राखेर चितवनको सौराहमा खल्तिको लिष्टमा सबैलाई गिराउने चाहना राख्दा डा. भिम रावलसँग भिडनै प¥यो । त्यो बेला भिम रावल, भिम आचार्य, घनश्याम भूषालको कारण ओली प्रतिज्ञा पूरा भएन् ।
अरुलाई आन्तरिक निर्वाचनमा भिड्नु पर्छ भन्ने तर आफू सर्वसम्वत्को वाटो लिने दाउ केपीको थियो लुम्बिनीमा उनले रुचाएका मान्छे पराजित भए । ती मान्छे महासचिव शंकर भण्डारीका थिए । तर चुनाव हुँदा केपीका विस्वासी सूर्य थापा समेत जिल्लावासी हरि रिजालतिर भन्दा पाल्पाली राधाकृष्ण कडेल तिर लागेको बताईयो । ओलीको बजार घट्दो छ । उपत्यका भित्रै केपीलाई बा मानेर कुदेका केशव स्थापित र विद्यासुन्दर शाक्य फरक गुटका भए रामवीर मानन्धर चुनावकै बेला भड्किएका थिए । विद्या भण्डारीको पिए वसेर फाइदा लिएका कृष्ण राई पनि यही छन् । एमाले कार्यकर्ता भनेर पार्टीमा रहनु पर्ने अवस्था त्यहाँ छैन् । ओलीकै भक्तिगान गाउन धेरैले नरुचाउन सक्छन् । हरेक निर्णय पार्टीमा छलफल गरेर गर्नुपथ्यो । तर ओली अध्यक्ष भएपछिको एउटा झाँकी ०७४ सालको वामपन्थी गठवन्धन वन्यो । झण्डै २ तिहाइ आफैसँग थियो । ओलीले कसैलाई वाममोर्चाबाट चुनाव लेडपछि पार्टी एकतासम्म यो पुग्छ भनेनन् । नुवाकोटका केशव पाण्डे, धादिङका भूमि त्रिपाठी, खेम लोहनी रामेछापका कैलाश ढुङगेल, मकवानपूरका कृष्ण दाहाल चितवनका कृष्णभक्त पोखरेल केपी कित्ताकै हुन् । हिजो उनीहरू सबै माधवका थिए । ओलीको व्यवहारले दिक्क भएकाहरू खुलम खुला कुरा राख्दैनन् । यो वेला वोल्यो कि पोल्यो छ । केशव स्थापितको बोलीले नै पार्टीबाट निष्काशन भएको छ । गुटका रूपमा विष्णु पौडेल, ईश्वर पोखरेल समेत ओलीको बन्धनबाट पार्टीलाई मुक्त गराउन पर्ने बाध्यतामा छन् । विद्या पक्षका रूपमा हेरिने दिपक निरौला, कृष्ण गोपाल श्रेष्ठ, निर्मल कुइकेल, शुशिला नेपाल, मिठाराम अधिकारी, अनिता लामा, शुशिला अधिकारी, सरिता न्यौपाने, दिपा शर्माको वलियो टीम पनि छ । प्रयोग गर्ने तर आक्रमणमा पर्दा नवचाएकै कारण भक्तपुरका महेश बस्नेतले विद्यातिरै आश्रय लिएको कुरा सोम मिश्र, रमेश बुढाथोकीहरूको उठवसले देखाउँछ । कोशी प्रदेशमा शेरधन राईको पकड बलियो छ । उनी सञ्चारमन्त्री पनि भए प्रदेशको मुख्यमन्त्री पनि भए तर पार्टी कार्यकर्ता बालिका खड्कामाथिको यौन शोषणको कारवाहीबाट बच्ने जबजधारी नेता हुन् । ओली गुटका भएका कारण त्यतिबेला उनीमाथि कानुन लाग्दैनथ्यो । विराटनगरका भानुभक्त ढकाल, विनोद ढकालहरू पनि केपी कित्ताबाट टाढिएका छन् । आफ्नै गृह जिल्ला झापामा राप्रपाको साथ लिएर पुरानालाई खेदेर काठमाण्डौका रैथाने कहिल्यै संगठनमा नलागेका एनजिओवादी अग्नि खरेल उम्मेदवार बनाईए । जबकि त्यहाँ धनेन्द्र बस्नेत, नारायण भारद्वाज वाग्लेलाई थन्क्याइयो ।
आफैं अध्यक्ष, आफंै संसदीय दलको नेता भएर आफैंले परिचालन गर्नुपर्ने संगठन एकलौटी बनाउँदा केपीलाई गल्ति भयो भन्ने छैन् । शक्तिका पछाडि सबै लाग्छन् सधैभरी यो एकै नाश हुन्न् । वामपन्थी एकता अहिलेको आवश्यकता हो पछिल्लो गठवन्धन भत्काएको पनि केपी ओलीले नै हो भन्ने कुरामा एमालेका पदाधिकारीहरू सहमत छन् । तर एमाले प्रदेश स्तरको प्रतिस्पर्धाले अब केपी नै एमाले एमाले नै केपी भन्ने अवस्था भने नरहन सक्छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल