Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पतालबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
उक्त्त सम्झौता अनुसार कामना सेवा विकास बैंकका ग्राहकले भरतपुरको चितवन स्थित मनकामना अस्पतालमा विभिन्न सेवाहरुमा छुट हुने भएको छ ।
उक्त बैंकका ग्राहकहरुलाई प्रदान गर्ने ओपिडि सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटि शुल्क, सिटि स्क्यान, आईसियु, लगायत एनआईसियु, एचडियु,नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।
अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २० प्रतिशतसम्मको र बैंकका ग्राहकले १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल