Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कार्कीले बिहीबार संसदीय सुनुवाइमा बयान दिने

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रधानन्यायाधीश बन्ने सपना अब एउटा खुड्किलो मात्रै बाँकी छ । कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । उजुरीकर्ताहरूसँगको छलफलपछि बिहीबार कार्कीलाई बोलाउने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । समितिको पछिल्लो बैठकको नेतृत्व गरेका ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बिहान ८ बजे प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई आफ्ना कार्ययोजना प्रस्तुत गर्नका लागि बोलाउने निर्णय गरिएको जानकारी दिए । उनले ७ जना उजुरीकर्ताहरूसँग उजुरीबारे एक्लाएक्लै र बाँकीसँग सामूहिक छलफल गरिएको जानकारी दिए । संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाइका लागि प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई बोलाउने निर्णय गरेको हो । उजुरीकर्ताहरूको छलफलबीच भएको विवादका कारण अवरोध सिर्जना हुने भएपछि समितिले केही उजुरीकर्ताहरूसँग मात्रै छलफल गरेको थियो । बैठकमा उजुरीकर्तामध्येका वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ‚ जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई‚ अधिवक्ता अमृत खरेल‚ उजुरीकर्ता रतन भण्डारीलगायतले सुनुवाइ समितिको बैठक बहिस्कार गरेका थिए । सुरुमा सामूहिक रुपमा बैठकमा सहभागी हुन पाउनुपर्ने माग राखेका उजुरीकर्ताहरूले पछि समितिको वैधतामाथि प्रश्न उठाएका थिए । उजुरीकर्ताहरूसँग कसरी छलफल गर्ने भन्ने विषयमा विवाद हुँदा उनीहरू बाहिरिएका थिए । बुधबार बिहान २३ जना उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो । सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएका हुन् ।
सुनुवाइ समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । कार्कीको बिहीबार संसदीय सुनुवाइ हुने तयारी भइरहँदा समितिले बुधबार उजुरीकर्ताहरूलाई छलफलमा बोलाएको हो । कार्कीलाई आफ्नै ल फर्मका साझेदार अग्नि खरेलले न्यायाधीश बनाएको ती उजुरीकर्ताको आरोप छ । अर्का उजुरीकर्ताले कार्कीको नियुक्तिका लागि संवैधानिक परिषद्सम्बन्धी काम, कर्तव्य र ऐन रिक्त रहेको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले उनको नियुक्ति नै कानुन अभावको अवस्थामा भएकाले सिफारिस खारेज गर्न माग गरेका छन् ।


सम्बन्धित समाचार

धितोपत्र बोर्डका प्रवक्तामा घिमिरे

२०८१ मंसिर १४

ताजा नेपाल

यस्ता नेताले जनता बुझेनन्

२०८१ मंसिर १४

ताजा नेपाल

संयन्त्रको हैकम चम्कदै

२०८१ मंसिर १४

ताजा नेपाल