Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कालोबजारीको अभियोगमा पक्राउ

पर्वत । बजार मूल्य भन्दा बढी मूल्य लिएर एलपि ग्याँसको कालोबजारी गरेको अभियोगमा जलजला गाउँपालिका ३ स्थित दिप्सन मेटल स्टोर्सका संचालक ४० वर्षीय मिन प्रसाद रेग्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिमा रेग्मीले बजार मूल्य भन्दा बढी मूल्य लिएर एलपि ग्याँस बेचेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर कालोबजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार