Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काेराेनाले लियाे दिदी बहिनीको ज्यान

विराटनगर । एक महिनाको अन्तरमा दिदी बहिनीको ज्यान कोरोनाले लिएको छ । विराटनगरमा एक महिनाभित्र एकै परिवारका तीन जनाको मत्यु भएकोमा दुई जनाको ज्यान कोरोनाका कारण गएको हो । विराटनगर महानगरपालिका–११ मा श्रेष्ठ थरका ७० वर्षीय वृद्धको २३ भदौमा कालगतिले मृत्यु भएको थियो भने ९ भदौ र २० भदौमा वृद्धका ४० र ४३ वर्षीय छोरीको मृत्यु भयो । वृद्धको मृत्यु प्रश्चात कोरोना नेगेटिभ देखिएको थियो । उनका दुई छोरीको मृत्यु भने कोरोना संक्रमणका कारण भएको हो । उनका अनुसार मृतक परिवारका अन्य सात जना आफन्तलाई पनि कोरोना संक्रमण देखिएको छ । वृद्धको मृत्यु भएको २० दिनपछि ९ भदौमा ४० वर्षीया कान्छी छोरीको विराट मेडिकल कलेजमा मृत्यु भयो । कान्छी छोरीको मृत्यु भएको १० दिनपछि शुक्रबार राति ४३ वर्षीया जेठी छोरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
बाबुको मृत्यु संस्कारको काममा बसेकी ४० वर्षीया छोरीमा कामकै बीचमा ज्वरो आउने समस्या देखिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि जाँच गर्दा उनलाई कोरोना संक्रमण देखिएको थियो । विराटनगर–१५ मिल्स एरिया घर भएकी उनी बुबाको काममा विराटनगर–११ स्थित माइतीमा बसेकी थिइन् । उनको मृत्युपछि कोरोना पोजेटिभ देखिएको थियो । पेट, छाती र श्वासप्रश्वासमा समस्या भएपछि ती महिलाको ४३ वर्षीया दिदीलाई विराटनगरको न्युरो अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको थियो । उनलाई १७ भदौमा संक्रमण पुष्टि भएको थियो ।


सम्बन्धित समाचार

इजरायल र लेबनानबीच युद्धविराम

२०८१ मंसिर १२

ताजा नेपाल

आज साँझ ल्याइँदैछ रविलाई काठमाडौं

२०८१ मंसिर १२

ताजा नेपाल