Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन रोकियो प्रधानमन्त्रीको अमेरिका भ्रमण ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अन्ततः अमेरिका भ्रमण नजाने भएका छन् । उनी असारको अन्तिम साता अमेरिका जाने भनिएकोमा नजाने भएका हुन् । देउवाले अमेरिका भ्रमणमा अमेरिकाको सैन्य समझदारीसम्बन्धी एसपीपीमा समझदारी गर्ने चर्चा थियो । यसको चर्को आलोचना भएको थियो । सरकार एसपीपीबाट पछि हट्ने निर्णयमा पुगेको थियो । एसपीपीमा समझदारी नहुने भएसँगै देउवा अमेरिका पनि नजाने भएका हुन् ।