Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किम र पुटिनबीच हतियार वार्ता हुनसक्ने अमेरिकी दाबी

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले उत्तर कोरिया र रुसबीच हतियार बिक्रीको सम्बन्धमा बैठक केन्द्रित हुने दाबी गरेकी छन् । किमले रुससँग हतियारबारे छलफल गर्न चाहेको जानकारी आफूहरूसँग रहेको भन्दै एड्रियन वाट्सनले रूस र उत्तर कोरियाबीच हतियार वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको बताएकी छन् ।
गत साता अमेरिकी रक्षा मन्त्रालयले रुस पहिले नै उत्तर कोरियासँग युक्रेन युद्धका लागि हतियार आपूर्ति गर्ने सम्बन्धमा गोप्य र सक्रिय वार्तामा रहेको जनाएको थियो । यसैबीच ह्वाइट हाउस प्रवक्ता वाट्सनले उत्तर कोरियालाई रुससँगको हतियार सम्झौता रोक्न र उत्तर कोरियाले रुसलाई हतियार बिक्री नगर्ने कुरा प्रतिबद्धता जनाउन पनि आग्रह गरेकी छन् । यसैबीच रुसी रक्षामन्त्री सर्गेइ शोइगु गत जुलाइमा उत्तर कोरिया भ्रमणमा गरेको विषयलाई लिएर पनि अमेरिकी अधिकारीहरूले थप आशंका गर्दै आएका छन् । जवकि जुलाइको उक्त भ्रमण १९९१ मा सोभियत संघ विघटनपछि नै रुसी रक्षामन्त्रीको पहिलो उत्तर कोरिया भ्रमण पनि थियो । युक्रेन युद्धका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय दबाबमा परेका भ्लादिमिर पुटिनले हाल उत्तर कोरियासँग मिसाइल लगायतका हतियार खोजिरहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेख्दै आएका छन् । त्यसको सट्टामा किमले भने रुसबाट खाद्यान्न सहायता पनि खोजिरहेका छन् । सेप्टेम्बर दोस्रो साता पुटिनसँग भेटका लागि किम मस्को जाने अमेरिकी अधिकारीहरूको दाबी छ ।