Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किशोरीलाई करणी गरेको अभियोगमा दामोदर पक्राउ

काठमाडौं । कपिलवस्तु, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुद्धोधन गाउँपालिका १ सोहसा बस्ने ३४ वर्षीय दामोदर थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारुले ती किशोरीको घरमा कोही नभएको अवस्थामा ट्वाईलेटमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बगदी र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । झापा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका ७ कुमालगाउँ बस्ने ३० वर्षीय बिकाश राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।