Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किशोरी हत्याको आरोपमा सशस्त्रका जवान समातिए

कैलाली । बैतडीमा माया लुहारको हत्या आरोप झेलिरहेका सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई प्रहरीले पक्राउ गरेको छ । मायाको हत्या गरेको आरोप लागेका बैतडी शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मोहनकुमार आचार्यले कोली पक्राउ परेका पुष्टि गरे । उनले भने ‘उहाँ (कोली) महेन्द्रनगरबाट पक्राउ पर्नु भएको। बाँकी विवरण केहीबारेमा आउँछ ।’ कोली माथि बैतडी पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या गरेर फरार भएको आरोप छ ।