Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किसानले पाउँदैछन् पाँच अर्ब क्षतिपूर्ति

काठमाडौं । बेमौसमी वर्षा र बाढीबाट धानबालीमा नोक्सानी बेहोरेका किसानलाई सरकारले पाँच अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ। कात्तिक पहिलो साताको बेमौसमी वर्षा र बाढीबाट धानबालीमा क्षति बेहोरेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्न लागिएको हो। किसानलाई क्षतिपूर्ति वितरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै मन्त्रालय राहत वितरणको तयारीमा जुटेको छ।
१५ दिनको सूचना दिएर किसानलाई आफ्नो क्षतिको माग दाबी गर्न आह्वान गर्ने मन्त्रालयको तयारी छ। राहत वितरणको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएकाले आफूले बेहोरेको क्षतिको विवरणसहित स्थानीय तहमा आवेदन आह्वान गर्ने मन्त्रालयको तयारी छ। किसानले भित्र्याउने बेलाको धान नष्ट भएपछि सरकारले गृहसचिव टेकनारायण पाण्डेको नेतृत्वमा क्षति मूल्यांकन समिति बताएको थियो। समितिले बाढी, पहिरो र डुबानले ११ अर्ब ८७ करोड रूपैयाँको धानबाली नोक्सान भएको प्रतिवेदन तयार गरेको छ।
क्षतिका आधारमा पाँच अर्ब ५२ करोड रूपैयाँ किसानलाई क्षतिपूर्ति दिनुपर्ने कार्यदलले सिफारिस गरेको थियो। त्यही प्रतिवेदनलाई आधार बनाएर सरकारले किसानलाई पाँच अर्ब रूपैयाँ वितरण गर्न लागेको बताइएको छ ।