Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावरले वैदेशिक रोजगारमा गएका नेपाली र आयोजना प्रभावितलाई आजबाट प्राथमिक सेयर (आइपीओ) बिक्री खुला गरेको छ।
असार ३ गतेसम्म आवेदन पेस गर्न मिल्ने कम्पनीले जनाएको छ। स्थानीयबाट पर्याप्त आवेदन नआए असार १७ गतेसम्म म्याद थप्नेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीले १ लाख २१ हजार ८६८ कित्तामा आवेदन दिन सक्नेछन्। दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका ९ र भीमेश्वर नगरपालिका १ का बासिन्दाले आइपीओ पाउने कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरी वैदेशिक रोजगारीमा गएकालाई १२ हजार १८६ कित्ता छुट्याएको छ। न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि आवेदन पेस गर्न मिल्छ।
कम्पनीले ०.९९८ मेगावाटको सुष्पा बुखरी खोला जलविद्युत आयोजना निर्माण गर्दैछ। आयोजनाको कुल लागत २४ करोड ७५ लाख रुपैयाँ अनुमान गरेको छ। तर, प्रति मेगावाट लागत २४ करोड ८० लाख रुपैयाँ हुने कम्पनीले जानकारी दिएको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल