Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुन बैङ्कले कति कमाए नाफा ?

काठमाडौँ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैङ्कको नाफा घटेको छ । केहीको सामान्य बढेको छ भने थोरैको मात्र राम्रो प्रगति देखिएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूको स्प्रेड रेटमा गरेको कडाइँ र स्प्रेड रेट गणना विधिमा गरेको परिमार्जनका कारण चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैङ्कहरूको वासलात प्रभावित भएको हो । धेरै बैङ्कहरूको खराब कर्जामा पनि गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा वृद्धि देखिएको छ । हालै दोस्रो त्रैमासिक विवरण सार्वजनिक गरेका २४ वटा वाणिज्य बैङ्कमध्ये सिभिल बैङ्क, सिटिजन्स बैङ्क, नेपाल एसबीआई बैङ्क, सिद्धार्थ बैङ्क, नबिल बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क र नेपाल बैङ्कको नाफा घटेको छ भने प्रभु बैङ्क, एभरेष्ट बैङ्क, स्टान्डर्ड चार्टर्ड बैङ्कलगायतको नाफा थोरैले मात्र बढेको छ ।

ग्लोबल आइएमई बैङ्क
ग्लोबल आइएमई बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ६८ करोड ५९ लाख आठ हजार खुद मुनाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैङ्कको नाममा कारोबार गर्नुअघि जनता बैङ्कले ४५ करोड १३ लाख ३१ हजार मुनाफा आर्जन गरेको थियो । उक्त मुनाफासमेत जोड्दा पुस मसान्तसम्मको बैङ्कको खुद मुनाफा दुई अर्ब १३ करोड ७२ लाख ३९ हजार रहेको छ । यस अवधिमा बैङ्कको वितरणयोग्य मुनाफा भने एक अर्ब २० करोड ८५ लाख ३१ हजार रहेको छ । बैङ्कको खुद व्याज आम्दानी तीन अर्ब ५४ करोड ८७ लाख रहेको छ भने सञ्चालन मुनाफा २ अर्ब ३६ करोड ९१ लाख रहेको छ । पुस मसान्तसम्ममा १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा ७ अर्ब ४८ करोड ४१ लाख ८९ हजार राखेको छ । यो अवधिमा एक खर्ब ९७ अर्ब ४१ करोड १३ लाख निक्षेप सङ्कलन गरेको बैङ्कको कर्जा लगानी एक खर्ब ८ अर्ब ९७ करोड ७६ लाख रहेको छ । खराब कर्जा चालू आर्थिक वर्षमा वृद्धि भएर १.२० प्रतिशत कायम भएको छ । त्यस्तै, बैङ्कको सीसीडी रेसियो ७८.९८ प्रतिशत, पुँजीकोष अनुपात ११.४७ प्रतिशत रहेको बैङ्कको कोषको लागत ६.७९ प्रतिशत, व्याजदर अन्तर ५.३१ प्रतिशत र आधार व्याजदर १०.१२ प्रतिशत रहेको छ । यस्तै, प्रतिसेयर आम्दानी २२.५३ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.२३ रूपैयाँ र मूल्य आम्दानी अनुपात १३.१० गुणा रहेको छ ।

नबिल बैङ्क
नबिल बैङ्कले दुई अर्ब चार करोड १८ लाख ६१ हजार खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ६.०२ प्रतिशतले कम हो । बैङ्कको वितरणयोग्य मुनाफा भने एक अर्ब ४५ करोड ९१ लाख ३७ हजार रहेको छ । बैङ्कले तीन अर्ब ४५ करोड १६ लाख ८६ हजार खुद व्याज आम्दानी गरेको छ भने दुई अर्ब ९० करोड ८२ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । पुस मसान्तसम्ममा १० अर्ब नौ करोड ७४ लाख ९७ हजार चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा ११ अर्ब ६७ करोड छ लाख १८ हजार राखेको छ । बैङ्कले एक खर्ब ६४ अर्ब ३२ करोड ४५ लाख निक्षेप सङ्कलन गरेर एक खर्ब ४१ अर्ब ३९ करोड ४५ लाख कर्जा लगानी गरेको छ । बैङ्कको खराब कर्जा बढेर ०.७५ प्रतिशत पुगेको छ । बैङ्कको सीसीडी रेसियो ७७.२३ प्रतिशत, पुँजीकोष ११.५२ प्रतिशत, कोषको लागत ६.०२ प्रतिशत र आधार व्याजदर बढेर ८.१० प्रतिशत पुगेको छ । बैङ्कको स्प्रेड रेट ४.९९ प्रतिशत रहेको छ । बैङ्कको प्रतिसेयर आम्दानी ४५.३२ रूपैयाँ रहेको छ ।

एनआईसी एसिया बैङ्क
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी एसिया बैङ्कको खुद मुनाफा ३३ प्रतिशतले बढेर दुई अर्ब एक करोड पुगेको छ । बैङ्कको वितरणयोग्य नाफा भने एक अर्ब सात करोड रूपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैङ्कले तीन अर्ब ६४ करोड रूपैयाँ खुद व्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा दुई अर्ब ९० करोड रूपैयाँ आर्जन गरेको छ । बैङ्कले दोस्रो त्रैमाससम्ममा कर्जा १५ अर्बले वृद्धि गरी १६५ अर्ब र निक्षेप ६ अर्बले वृद्धि गरी १८६ अर्ब पु¥याएको छ । चुक्ता पुँजी नौ अर्ब ७१ करोड रूपैयाँ रहेको बैङ्कले जगेडा कोषमा चार अर्ब ९७ करोड रूपैयाँ राखेको छ । खराब कर्जा बढेर ०.४६ प्रतिशत पुगेको बैङ्कको सीसीडी रेसियो ७८.१८ प्रतिशत, पुँजी कोष अनुपात १२.७५ प्रतिशत, कोषको लागत ६.९३ प्रतिशत, व्याजदर अन्तर ५.०२ प्रतिशत र आधार व्याजदर ९.६२ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी ४१.६१ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १६४.८७ रूपैयाँ र मूल्य आम्दानी अनुपात १०.६५ गुणा रहेको छ ।

हिमालयन बैङ्क
हिमालयन बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७४ करोड ४२ लाख ३५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.७८ प्रतिशत बढी हो । बैङ्कको वितरणयोग्य मुनाफा भने ९२ करोड ९२ लाख ९० हजार रूपैयाँ रहेको छ । बैङ्कको खुद व्याज आम्दानी दुई अर्ब ५७ करोड ८१ लाख रूपैयाँ र सञ्चालन मुनाफा दुई अर्ब ११ करोड ७१ लाख रूपैयाँ रहेको छ । पुस मसान्तसम्ममा आठ अर्ब ५२ करोड दुई लाख ५६ हजार रूपैयाँ चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा छ अर्ब ११ करोड ६० लाख ४१ हजार रूपैयाँ राखेको छ । एक खर्ब १२ अर्ब ७२ करोड ९१ लाख रूपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कको कर्जा लगानी ९७ अर्ब ७२ करोड पाँच लाख रूपैयाँ रहेको छ । बैङ्कको खराब कर्जा सामान्य बढेर १.२८ प्रतिशत पुगेको छ भने सीसीडी रेसियो ७३.९४ प्रतिशत, पुँजी कोष अनुपात १४.७३ प्रतिशत रहेको बैङ्कको कोषको लागत ६.३४ प्रतिशत, व्याजदर अन्तर ५.३२ प्रतिशत र आधार व्याजदर ८.९२ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी ४०.९० रूपैयाँ, प्रतिसेयर नेटवर्थ २०८.२० रूपैयाँ र मूल्य आम्दानी अनुपात १३.७४ गुणा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैङ्क
नेपाल इन्भेष्टमेन्ट बैङ्कको खुद मुनाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १५.६६ प्रतिशतले घटेको छ । बैङ्कले एक अर्ब ६६ करोड ६१ लाख १२ हजार खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैङ्कको वितरणयोग्य मुनाफा भने ८४ करोड ३४ लाख १२ हजार रहेको छ । बैङ्कले तीन अर्ब छ करोड ३४ लाख रूपैयाँ खुद व्याज आम्दानी गरेको छ भने दुई अर्ब ३८ करोड नौ लाख रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । पुस मसान्तसम्ममा १४ अर्ब २२ करोड १० लाख ७३ हजार रूपैयाँ चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा १० अर्ब १० करोड २६ लाख ४८ हजार रूपैयाँ राखेको छ । यो अवधिमा एक खर्ब ४९ अर्ब ९५ करोड २७ लाख ४२ हजार रूपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कले एक खर्ब ३२ अर्ब ६० करोड ३८ लाख ८५ हजार रूपैयाँ कर्जा लगानी गरेको छ । बैङ्कको खराब कर्जा बढेर २.९० प्रतिशत पुगेको छ भने सीसीडी रेसियो ७५.३९ प्रतिशत, पुँजी कोष अनुपात १३.३७ प्रतिशत रहेको बैङ्कको कोषको लागत ६.३७ प्रतिशत र आधार व्याजदर ८.५३ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी २३.४३ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १८४.०३ रूपैयाँ र मूल्य आम्दानी अनुपात १७.२८ गुणा रहेको छ ।

एनएमबी बैङ्क
एनएमबी बैङ्कले चालू अर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ६६ करोड ३१ लाख ८० हजार खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अविधको ४७.४० प्रतिशतले बढी हो । बैङ्कको वितरणयोग्य मुनाफा भने एक अर्ब ११ करोड ६५ लाख २५ हजार रहेको छ । बैङ्कको खुद व्याज आम्दानी दुई अर्ब ७३ करोड ४४ लाख रहेको छ भने सञ्चालन मुनाफा एक अर्ब ५१ करोड ४९ लाख रहेको छ । पुस मसान्तसम्ममा ११ अर्ब ५२ करोड ९७ लाख ४२ हजार चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा पाँच अर्ब २१ करोड ५१ लाख ९७ हजार राखेको छ । यो अवधिमा एक खर्ब २६ अर्ब ४२ करोड ९० लाख रूपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कको कर्जा लगानी एक खर्ब १३ अर्ब ६३ करोड ७१ लाख रहेको छ । खराब कर्जा चालू आर्थिक वर्षमा वृद्धि भएर १.९६ प्रतिशत कायम भएको छ । सीसीडी रेसियो ७७.५५ प्रतिशत, पुँजी कोष अनुपात १६.०५ प्रतिशत रहेको बैङ्कको कोषको लागत ७.७० प्रतिशत, व्याजदर अन्तर (स्प्रेड रेट) ५.०३ प्रतिशत र आधार व्याजदर १०.१२ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी ३०.४० रूपैयाँ, प्रतिसेयर नेटवर्थ १८८.५५ रूपैयाँ र मूल्य आम्दानी अनुपात ११.८१ गुणा रहेको छ ।

कृषि विकास बैङ्क
कृषि विकास बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ५८ करोड १७ लाख २७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा २२.८ प्रतिशतले बढी हो । यस अवधिमा बैङ्कको वितरणयोग्य मुनाफा भने १ अर्ब १४ करोड ८३ लाख ८७ हजार रहेको छ । बैङ्कको खुद व्याज आम्दानी तीन अर्ब १७ करोड १६ लाख रूपैयाँ र सञ्चालन मुनाफा एक अर्ब ९८ करोड ४४ लाख रूपैयाँ रहेको छ । नेपाल सरकारको अग्राधिकार सेयरसहित पुस मसान्तसम्ममा १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार रूपैयाँ चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा १० अर्ब ४१ करोड ८५ लाख ४० हजार रूपैयाँ राखेको छ । एक खर्ब २७ अर्ब २१ करोड ६७ लाख रूपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कको कर्जा लगानी एक खर्ब १५ अर्ब ३६ करोड १० लाख रूपैयाँ रहेको छ । बैङ्कले खराब कर्जामा सुधार गर्दै ३.९१ प्रतिशतमा झार्न सफल भएको छ । बैङ्कको सीसीडी रेसियो ७२.१२ प्रतिशत, पुँजी कोष अनुपात २०.३९ प्रतिशत रहेको बैङ्कको कोषको लागत ७.२ प्रतिशत, व्याजदर अन्तर (स्प्रेड रेट) ५.२९ प्रतिशत र आधार व्याजदर १०.१७ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी ३१.४७ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.०१ रूपैयाँ र मूल्य आम्दानी अनुपात १२.०१ गुणा रहेको छ ।

एभरेष्ट बैङ्क
एभरेष्ट बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा डेढ अर्ब नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा बैङ्कको नाफा ५.५९ प्रतिशतले बढेको हो । बैङ्कको वितरणयोग्य मुनाफा भने ८६ करोड ४९ लाख रहेको छ । समीक्षा अवधिमा बैङ्कको निक्षेप ८.९७ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब पुगेको छ भने कर्जा प्रवाह ९.२६ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब पुगेको छ । बैङ्कको खुद व्याज आम्दानी ८.६६ प्रतिशतले बढेर २ अर्ब ६७ करोड पुगेको छ । बैङ्कको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रहेको छ भने रिजर्भमा ९ अर्ब रहेको छ । बैङ्कको खराब कर्जा ०.१९ प्रतिशतबाट घटेर ०.१६ प्रतिशत कायम भएको छ । बैङ्कको प्रतिसेयर आम्दानी (ईपीएस) ३५.४८ रूपैयाँ, प्रतिसेयर नेट वर्थ २०६.५३ रूपैयाँ र मूल्य आम्दानी अनुपात १६.८० गुणा रहेको छ । त्यस्तै, बैङ्कको कोषको लागत ६.४४ प्रतिशत रहेको छ भने बेस रेट ८.४६ प्रतिशत रहेको छ ।

नेपाल बैङ्क
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैङ्कको मुनाफा १८.६ प्रतिशतले घटेको छ । पुस मसान्तसम्ममा बैङ्कले एक अर्ब ३५ करोड २४ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैङ्कको वितरणयोग्य मुनाफा ६८ करोड ३७ लाख १९ हजार रूपैयाँ रहेको छ । बैङ्कको खुद व्याज आम्दानी १३.३३ प्रतिशतले घटेर तीन अर्ब १६ करोड ७२ लाख रूपैयाँ आर्जन भएको छ भने सञ्चालन नाफा एक अर्ब ७३ करोड ४६ लाख रूपैयाँमा झरेको छ । पुस मसान्तसम्ममा नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा १३ अर्ब ५२ करोड ११ लाख ९४ हजार रूपैयाँ राखेको छ । एक खर्ब १७ अर्ब १२ करोड २९ लाख रूपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कको कर्जा लगानी ९८ अर्ब ४५ करोड ९६ लाख रूपैयाँ रहेको छ । बैङ्कको खराब कर्जा २.६६ प्रतिशतमा झरेको छ । बैङ्कको सीसीडी रेसियो ७४.९३ प्रतिशत, पुँजी कोष अनुपात १७.४१ प्रतिशत, कोषको लागत ५.१९ प्रतिशत, व्याजदर अन्तर (स्प्रेड रेट) ४.४४ प्रतिशत र आधार व्याजदर ७.८२ प्रतिशत रहेको छ । यस्तै, प्रतिसेयर आम्दानी २७.५७ रूपैयाँ, प्रतिसेयर नेटवर्थ २९७.५५ रूपैयाँ र मूल्य आम्दानी अनुपात १०.०५ गुणा रहेको छ ।

प्राइम कमर्सियल बैङ्क
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैङ्कले एक अर्ब ३० करोड सात लाख ८७ हजार खुद मुनाफा आर्जन गरेको छ । बैङ्कको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.६१ प्रतिशतले बढेको हो । बैङ्कको वितरणयोग्य मुनाफा ८६ करोड ५९ लाख ५९ हजार रहेको छ । बैङ्कको खुद व्याज आम्दानी २२.०३ प्रतिशतले बढेर दुई अर्ब १६ करोड ४६ लाख १० हजार रूपैयाँ पुगेको छ । त्यस्तै, बैङ्कले एक अर्ब ८५ करोड ३८ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । पुस मसान्तसम्ममा नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा तीन अर्ब १९ करोड ६७ लाख ३१ हजार राखेको छ । यो अवधिमा ८० अर्ब ३५ करोड ३५ लाख रूपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कको बैङ्कको कर्जा लगानी ८० अर्ब ९१ करोड ५४ लाख रूपैयाँ रहेको छ । बैङ्कको खराब कर्जा १.४५ प्रतिशतमा झरेको छ । बैङ्कको सीसीडी रेसियो ७६.५४ प्रतिशत, पुँजी कोष अनुपात १३.२३ प्रतिशत, कोषको लागत ७.६५ प्रतिशत, व्याजदर अन्तर (स्प्रेड रेट) ५.११ प्रतिशत र आधार व्याजदर ९.४५ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी २६.८६ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १५८.४१ रूपैयाँ र मूल्य आम्दानी अनुपात ९.६८ गुणा रहेको छ ।

स्टान्डर्ड चार्टर्ड बैङ्क
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा स्टान्डर्ड चार्टर्ड बैङ्कले एक अर्ब २२ करोड ६९ लाख १३ हजार खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७.१२ प्रतिशतले बढी हो । बैङ्कको वितरणयोग्य मुनाफा भने एक अर्ब तीन करोड सात लाख ७६ हजार रहेको छ । बैङ्कले एक अर्ब ८३ करोड ७० लाख ३१ हजार खुद व्याज आम्दानी गरेको छ भने एक अर्ब ७५ करोड २७ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । आठ अर्ब एक करोड १४ लाख ३१ हजार चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा पाँच अर्ब नौ करोड ९० लाख ७२ हजार रहेको छ । बैङ्कले ८० अर्ब ५४ करोड सात लाख निक्षेप सङ्कलन गरेर ५४ अर्ब २९ करोड ३१ लाख कर्जा लगानी गरेको छ । बैङ्कको पुँजी कोष २२.०३ प्रतिशबाट घटेर १६.०८ प्रतिशत कायम भएको छ भने सीसीडी रेसियो ७८.५६ प्रतिशत, खराब कर्जा ०.१७ प्रतिशत, कोषको लागत ४.७७ प्रतिशत, आधार व्याजदर ७.३३ प्रतिशत र स्प्रेड रेट ५.९३ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी ३०.६३ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.०३ रूपैयाँ र मूल्य आम्दानी अनुपात १९.१३ गुणा रहेको छ ।

सानिमा बैङ्क
सानिमा बैङ्कले एक अर्ब १४ करोड ३९ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैङ्कको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८४ प्रतिशतले बढेको हो । बैङ्कको वितरणयोग्य मुनाफा भने ९५ करोड ९ लाख २२ हजार रूपैयाँ रहेको छ । बैङ्कको खुद व्याज आम्दानी १३.५४ प्रतिशतले बढेर दुई अर्ब १६ करोड ८० लाख रूपैयाँ पुगेको छ भने एक अर्ब ६२ करोड ३८ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । पुस मसान्तसम्ममा आठ अर्ब ८० करोड १३ लाख ८० हजार चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा दुई अर्ब ४२ करोड दुई लाख ५० हजार रूपैयाँ राखेको छ । ९९ अर्ब ३० करोड पाँच लाख रूपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कले ८८ अर्ब ७१ करोड २९ लाख रूपैयाँ कर्जा लगानी गरेको छ । बैङ्कको खराब कर्जा बढेर ०.४१ प्रतिशत पुगेको छ । बैङ्कको सीसीडी रेसियो ७८.०५ प्रतिशत, पुँजी कोष अनुपात १२.७८ प्रतिशत, कोषको लागत ७.३३ प्रतिशत, व्याजदर अन्तर (स्प्रेड रेट) ५.०४ प्रतिशत र आधार व्याजदर ९.२९ प्रतिशत रहेको छ । यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी २६.१५ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १३९.०६ रूपैयाँ र मूल्य आम्दानी अनुपात १३.१२ गुणा रहेको छ ।

प्रभु बैङ्क
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैङ्कको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.२२ प्रतिशतले मात्रै बढेको छ । बैङ्कले एक अर्ब आठ करोड ५७ लाख ४४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैङ्कको वितरणयोग्य मुनाफा एक अर्ब तीन करोड ३० लाख ८७ हजार रहेको छ । बैङ्कको खुद व्याज आम्दानी दुई अर्ब ४५ करोड ७२ लाख रूपैयाँ र सञ्चालन मुनाफा एक अर्ब ५० करोड ४२ लाख रूपैयाँ रहेको छ । पुस मसान्तसम्ममा १० अर्ब ३१ करोड ५५ लाख सात हजार चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा तीन अर्ब ८५ करोड ४९ लाख ३१ हजार रूपैयाँ राखेको छ । यो अवधिमा एक खर्ब पाँच अर्ब ४८ करोड ८५ लाख रूपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कले ९४ अर्ब ७१ करोड ६४ लाख रूपैयाँ कर्जा लगानी गरेको छ । बैङ्कको खराब कर्जा बढेर ३.१२ प्रतिशत पुगेको छ । बैङ्कको सीसीडी रेसियो ७४.७० प्रतिशत, पुँजी कोष अनुपात ११.९० प्रतिशत, कोषको लागत ६.२९ प्रतिशत, व्याजदर अन्तर (स्प्रेड रेट) ४.८३ प्रतिशत र आधार व्याजदर ९.४५ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी २२.१२ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.६१ रूपैयाँ र मूल्य आम्दानी अनुपात १०.८० गुणा रहेको छ ।

सिद्धार्थ बैङ्क
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थ बैङ्कको नाफा चार करोडले घटेको छ । बैङ्कले एक अर्ब दुई करोड ६५ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैङ्कको वितरणयोग्य मुनाफा ५७ करोड ४९ लाख २५ हजार रहेको छ । बैङ्कको खुद व्याज आम्दानी २१.१९ प्रतिशतले बढेर दुई अर्ब ७७ करोड ३८ लाख रूपैयाँ आर्जन भएको छ भने सञ्चालन मुनाफा घटेर एक अर्ब ५२ करोड ६ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । पुस मसान्तसम्ममा नौ अर्ब ७८ करोड ७७ लाख ६८ हजार चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा तीन अर्ब ८५ करोड ८४ लाख ९४ हजार रूपैयाँ राखेको छ । बैङ्कले एक खर्ब २६ अर्ब ५४ करोड ५० लाख निक्षेप सङ्कलन गरेर एक खर्ब १८ अर्ब ३६ करोड ४२ लाख कर्जा लगानी गरेको छ । बैङ्कको खराब कर्जा १.५५ प्रतिशतमा झरेको छ । बैङ्कको सीसीडी रेसियो ७८.४१ प्रतिशत, पुँजी कोष अनुपात १२.८६ प्रतिशत, कोषको लागत ७.२७ प्रतिशत, व्याजदर अन्तर (स्प्रेड रेट) ५.१७ प्रतिशत र आधार व्याजदर १०.०४ प्रतिशत रहेको छ । यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी २१.५७ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १५०.७२ रूपैयाँ र मूल्य आम्दानी अनुपात १४.६५ गुणा रहेको छ ।

नेपाल एसबीआई बैङ्क
नेपाल एसबीआई बैङ्कले एक अर्ब सात लाख रूपैयाँ नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा घटेको हो । बैङ्कको वितरणयोग्य मुनाफा ७३ करोड ६६ लाख रूपैयाँ रहेको छ । बैङ्कले दुई अर्ब १० करोड खुद व्याज आम्दानी गरेको छ भने एक अर्ब ४१ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । आठ अर्ब ४४ करोड रूपैयाँ चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा चार अर्ब १० करोड राखेको छ । यो अवधिमा एक खर्ब चार अर्ब निक्षेप सङ्कलन गरेको बैङ्कले ९४ अर्ब २३ करोड रूपैयाँ कर्जा लगानी गरेको छ । बैङ्कको खराब कर्जा ०.१७ प्रतिशतमा झरेको छ । बैङ्कको सीसीडी रेसियो ७७.५० प्रतिशत, पुँजी कोष १२.९८ प्रतिशत, कोषको लागत ७.०९ प्रतिशत, आधार व्याजदर ९.९४ प्रतिशत र स्प्रेड रेट ५.२२ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी २३.९६ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.४० रूपैयाँ र पीई रेसियो १६.८४ गुणा रहेको छ ।

सनराइज बैङ्क
सनराइज बैङ्कले चालू आर्थिक वर्षको पहिलो छ महिनामा ९४ करोड ४३ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैङ्कको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ करोडले बढी हो । बैङ्कको वितरणयोग्य नाफा ५१ करोड ९० लाख रूपैयाँ रहेको छ । बैङ्कले दुई अर्ब चार करोड रूपैयाँ खुद व्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा दुई अर्ब ४५ करोड रूपैयाँ आर्जन गरेको छ । पुस मसान्तसम्ममा आठ अर्ब ९६ करोड रूपैयाँ चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा दुई अर्ब ९३ करोड रूपैयाँ राखेको छ । यो अवधिमा ८२ अर्ब १५ करोड रूपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कले ७५ अर्ब ५८ करोड रूपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा १.६९ प्रतिशत भएको बैङ्कको सीसीडी रेसियो ७४.५४ प्रतिशत, पुँजी कोष अनुपात १५.१४ प्रतिशत, कोषको लागत ७.१४ प्रतिशत, स्प्रेड रेट ५.१४ प्रतिशत र बेस रेट ९.९९ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी २१.०६ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.२६ रूपैयाँ र मूल्य आम्दानी अनुपात ११.२१ गुणा रहेको छ ।

लक्ष्मी बैङ्क
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मी बैङ्कले ९० करोड ३० लाख २९ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैङ्कको नाफा २४.७६ प्रतिशतले बढेको हो । बैङ्कको वितरणयोग्य मुनाफा ५९ करोड १८ लाख ४४ हजार रहेको छ । बैङ्कको खुद व्याज आम्दानी १९.९५ प्रतिशतले बढेर एक अर्ब ७४ करोड ४४ लाख रूपैयाँ पुगेको छ भने एक अर्ब २९ करोड ४१ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । पुस मसान्तसम्ममा नौ अर्ब ८१ करोड २५ लाख ६० हजार चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा दुई अर्ब ३० करोड ४२ लाख ४१ हजार रूपैयाँ राखेको छ । यो अवधिमा ८८ अर्ब २३ करोड आठ लाख रूपैयाँ मात्रै निक्षेप सङ्कलन गरेको बैङ्कको कर्जा लगानी ८५ अर्ब पाँच करोड २६ लाख रूपैयाँ रहेको छ । बैङ्कको खराब कर्जा ०.८८ प्रतिशतमा झरेको छ । बैङ्कको सीसीडी रेसियो ७८.३५ प्रतिशत, पुँजी कोष अनुपात १३.१७ प्रतिशत, कोषको लागत ७.२१ प्रतिशत, व्याजदर अन्तर (स्प्रेड रेट) ४.२३ प्रतिशत र आधार व्याजदर १०.०९ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी १८.४१ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १३३.९० रूपैयाँ र मूल्य आम्दानी अनुपात ११.१९ गुणा रहेको छ ।

बैङ्क अफ काठमाण्डू
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैङ्क अफ काठमाण्डूले ८८ करोड ३८ लाख १७ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा १९.८३ प्रतिशतले बढी हो । बैङ्कको वितरणयोग्य मुनाफा भने ५९ करोड ८२ लाख ४७ हजार रहेको छ । बैङ्कले एक अर्ब ९३ करोड २७ लाख ९० हजार खुद व्याज आम्दानी गरेको छ भने एक अर्ब २६ करोड २६ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । आठ अर्ब ४७ करोड ६८ लाख ८७ हजार चुक्ता पुँजी रहेको बैङ्कको जगेडा कोषमा चार अर्ब ५१ करोड २७ लाख ७१ हजार रहेको छ । बैङ्कले ८९ अर्ब २० करोड ७३ लाख निक्षेप सङ्कलन गरेर ७६ अर्ब ८९ करोड २७ लाख कर्जा लगानी गरेको छ । बैङ्कको पुँजी कोष १४.६१ प्रतिशतबाट घटेर १३.८० प्रतिशत कायम भएको छ भने सीसीडी रेसियो ७६.२३ प्रतिशत, खराब कर्जा १.५४ प्रतिशत, कोषको लागत ७.३६ प्रतिशत, आधार व्याजदर ९.९९ प्रतिशत र स्प्रेड रेट ५.०३ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी २०.६८ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.८५ रूपैयाँ र मूल्य आम्दानी अनुपात ११.१२ गुणा रहेको छ ।

माछापुच्छ«े बैङ्क
माछापुच्छ«े बैङ्कले पुस मसान्तसम्ममा ८२ करोड १८ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार करोडले बढी हो । बैङ्कको वितरणयोग्य नाफा भने ६० करोड ६३ लाख रूपैयाँ रहेको छ । यो अवधिमा बैङ्कले एक अर्ब ९८ करोड रूपैयाँ खुद व्याज आम्दानी गरेको छ भने एक अर्ब २३ करोड रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी आठ अर्ब ४५ करोड रूपैयाँ भएको बैङ्कले जगेडा कोषमा दुई अर्ब पाँच करोड रूपैयाँ राखेको छ । बैङ्कले ९७ अर्ब ५२ करोड रूपैयाँ निक्षेप सङ्कलन गरी ८७ अर्ब ५४ करोड रूपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा ०.४५ प्रतिशत पुगेको बैङ्कको सीसीडी रेसियो ७८.७२ प्रतिशत, पुँजी कोष अनुपात १३.४८ प्रतिशत, कोषको लागत ७.६४ प्रतिशत, स्प्रेड रेट ५.२४ प्रतिशत र बेस रेट १०.२६ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी १९.३७ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.८८ रूपैयाँ र मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ ।

नेपाल बङ्गलादेश बैङ्क
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बङ्गलादेश बैङ्कको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८२ प्रतिशतले बढेर ८० करोड ७७ लाख ७८ हजार रूपैयाँ पुगेको छ । बैङ्कको वितरणयोग्य मुनाफा भने ४३ करोड ८१ लाख ३२ हजार रूपैयाँ रहेको छ । बैङ्कको खुद व्याज आम्दानी एक अर्ब ३५ करोड ५२ लाख रूपैयाँ रहेको छ भने सञ्चालन मुनाफा एक अर्ब १२ करोड ७० लाख रूपैयाँ रहेको छ । पुस मसान्तसम्ममा आठ अर्ब आठ करोड ८२ लाख ९९ हजार रूपैयाँ चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा तीन अर्ब ६८ करोड १३ लाख ७७ हजार रूपैयाँ राखेको छ । ६३ अर्ब १२ करोड ४४ लाख रूपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कको कर्जा लगानी ५७ अर्ब ९३ करोड ४७ लाख रूपैयाँ रहेको छ । बैङ्कको खराब कर्जा बढेर १.९२ प्रतिशत पुगेको छ । सीसीडी रेसियो ७२.९५ प्रतिशत, पुँजी कोष अनुपात १२.९५ प्रतिशत रहेको बैङ्कको कोषको लागत ७.३६ प्रतिशत, व्याजदर अन्तर (स्प्रेड रेट) ४.८ प्रतिशत र आधार व्याजदर ९.९२ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी १९.९७ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.४२ रूपैयाँ र मूल्य आम्दानी अनुपात १०.१६ गुणा रहेको छ ।

कुमारी बैङ्क
कुमारी बैङ्कले गत आर्थिक वर्षको तुलनामा साढे १९ प्रतिशत वृद्धि गर्दै चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ८० करोड ३० लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैङ्कको वितरणयोग्य नाफा भने ६५ करोड ८५ लाख रूपैयाँ रहेको छ । यो अवधिमा बैङ्कले एक अर्ब ८२ करोड रूपैयाँ खुद व्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा एक अर्ब १३ करोड रूपैयाँ आर्जन गरेको छ । चुक्ता पुँजी नौ अर्ब ५५ करोड रहेको बैङ्कले जगेडा कोषमा दुई अर्ब २४ करोड रूपैयाँ राखेको छ । पुस मसान्तसम्ममा ८० अर्ब ६७ करोड रूपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कले ८० अर्ब ९२ करोड रूपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा १.०४ प्रतिशतमा झार्न सफल भएको बैङ्कको सीसीडी रेसियो ७८.६१ प्रतिशत, पुँजी कोष अनुपात ११.५२ प्रतिशत, कोषको लागत ७.५० प्रतिशत, स्प्रेड रेट ४.३७ प्रतिशत र बेस रेट १०.४५ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी १६.७६ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.६४ रूपैयाँ र मूल्य आम्दानी अनुपात ११.३० गुणा रहेको छ ।

एनसीसी बैङ्क
एनसीसी बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७५ करोड ६३ लाख ४८ हजार खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा २.२३ प्रतिशतले बढी हो । बैङ्कको वितरणयोग्य मुनाफा भने ५२ करोड ५२ लाख ६० हजार रहेको छ । बैङ्कको खुद व्याज आम्दानी एक अर्ब ६५ करोड ५४ लाख रहेको छ भने सञ्चालन मुनाफा एक अर्ब पाँच करोड ९४ लाख रहेको छ । पुस मसान्तसम्ममा आठ अर्ब १३ करोड ३८ लाख ४१ हजार चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा दुई अर्ब ५८ करोड २२ लाख २० हजार राखेको छ । ६३ अर्ब ६१ करोड ७३ लाख निक्षेप सङ्कलन गरेको बैङ्कको कर्जा लगानी ६४ अर्ब ८९ करोड ५९ लाख रहेको छ । खराब कर्जा चालू आर्थिक वर्षमा घटेर २.८२ प्रतिशत कायम भएको छ । सीसीडी रेसियो ७६.६० प्रतिशत, पुँजी कोष अनुपात १३.२० प्रतिशत रहेको बैङ्कको कोषको लागत ७.५ प्रतिशत, व्याजदर अन्तर ५.१८ प्रतिशत र आधार व्याजदर १०.५८ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी १८.६० रूपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.१८ रूपैयाँ र मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ ।

सिटिजन्स बैङ्क
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्स बैङ्कको नाफा आठ करोड २६ लाख ४४ हजार रूपैयाँले घटेको छ । बैङ्कले ६८ करोड ७७ लाख एक हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैङ्कको वितरणयोग्य मुनाफा भने ६२ करोड १० लाख ५९ हजार रहेको छ । समीक्षा अवधिमा बैङ्कको खुद व्याज आम्दानी घटेर एक अर्ब ४३ करोड ७९ लाख ९९ हजार रूपैयाँ आर्जन भएको छ भने ९५ करोड ५९ लाख ७९ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । पुस मसान्तसम्ममा आठ अर्ब ६२ करोड २१ लाख ९६ हजार चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा दुई अर्ब ८८ करोड ३१ लाख ९५ हजार रूपैयाँ राखेको छ । बैङ्कले ७५ अर्ब ५९ करोड ३३ लाख रूपैयाँ निक्षेप सङ्कलन गरेर ६९ अर्ब नौ करोड ८१ लाख रूपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा ०.९९ प्रतिशत रहेको बैङ्कको सीसीडी रेसियो ७८.८६ प्रतिशत, पुँजी कोष अनुपात १२.७८ प्रतिशत, कोषको लागत ७.९४ प्रतिशत, आधार व्याजदर १०.७९ प्रतिशत र व्याजदर अन्तर (स्प्रेड रेट) ४.३२ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी १५.९५ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १४१.१३ रूपैयाँ रहेको छ ।

सिभिल बैङ्क
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सिभिल बैङ्कले ३१ करोड ६० लाख खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा १५ प्रतिशतले कम हो । बैङ्कको वितरणयोग्य मुनाफा भने १३ करोड ११ लाख रूपैयाँ रहेको छ । एक अर्ब १९ करोड रूपैयाँ खुद व्याज आम्दानी गरेको बैङ्कको सञ्चालन मुनाफा एक अर्ब २७ करोड रूपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा आठ अर्ब ३३ लाख रूपैयाँ चुक्ता पुँजी रहेको बैङ्कले जगेडा कोषमा एक अर्ब ६० करोड ९० लाख ९० हजार रूपैयाँ राखेको छ । यो अवधिमा ४७ अर्ब ७४ करोड रूपैयाँ निक्षेप सङ्कलन गरेको बैङ्कले ४७ अर्ब ७६ करोड रूपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा चालू आर्थिक वर्षको सोही अवधिमा घटेर २.६९ प्रतिशत कायम भएको छ । बैङ्कको सीसीडी रेसियो ७७.४६ प्रतिशत, पुँजी कोष १५.९२ प्रतिशत, कोष लागत ८.१९ प्रतिशत आधार व्याजदर १०.९८ प्रतिशत र स्प्रेड रेट ४.९० प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी ७.९० रूपैयाँ, प्रतिसेयर नेटवर्थ १२४.२२ रूपैयाँ र मूल्य आम्दानी अनुपात १७.७२ गुणा रहेको छ ।


सम्बन्धित समाचार