Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुमारी बैङ्कको नक्साल भवन शिलान्यास

काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले काठमाडौँको नक्सालस्थित आफ्नो भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको छ । उक्त भूमीपूजन कार्यक्रम कुमारी बैङ्कका अध्यक्ष अमीरप्रताप जबराद्वारा वैदिक पूजामार्फत् सम्पन्न गरेका छन् । पूजामा कुमारी बैङ्कका सञ्चालक समिति, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैङ्कका अन्य उच्चपदस्थ कर्मचारीहरूसमेतको उपस्थिति थियो । विगत १८ वर्षदेखि निरन्तर बैङ्किङ सेवा प्रदान गर्दै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ११६ शाखा सञ्जाल, ११० एटीएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैङ्किङ इकाइहरूमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू आगामी दिनहरूमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।