Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलमानले उज्यालो भित्रको अध्यारो पाटो खोतल्दै

काठमाण्डौ सरकारले कुसल इन्जिनियर कुलमान घिसीङ्गलाई विधुत प्राधिकरणमा दोस्रो पटक कार्यकारी निर्देशकको रुपमा ल्याएपछि उनको पक्षमा र विपक्षमा आवाजहरु उठेको छ । कुशल व्यवस्थापकका रुपमा उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालको जोडमा ल्याइएको हो । घिसीङ्खले प्राधिकरण भित्रको व्यतिथि घटाउन चाल्ने कदम नै आगामी कार्ययोजनामा देखिने छ । यसै साथ प्राधिकरणले आफ्नो बार्षिक कार्यक्रम आयोजना गदैछ ।
मुकेश काफ्ले कार्यकारी निर्देशक हुदाँ इन्भटर व्यापारीहरु मात्र होइनन् आन्तरिक कमिसनको जालोले पनि संस्था धरासाही भएको थियो । लोडसेडीङ्ख १८ घन्टा सम्म भएको अवस्थामा उनी कार्यकारी बनेर आएपछि आन्तरिक सुधार सुरु भयो । जनताले अन्धकार बाट मुक्तmी पाए । प्रचण्ड र जनार्धन शर्मा कै कारण उनको छनोट भयो राधा ज्ञावाली जस्ता भष्म सुरहरु मुकेश काफ्ले कै लहलहमा नाचेको सबैले देख्नु पर्यो । जलस्रोतको धनी देशमा विजुलीको हाहाकार हुनु व्यस्थापकिय कमजोरी थिए । कर्मचारीहरुनै बिधुत बेचेर राजश्व कुम्लाउने गरेका थुप्रै प्रमाणहरु कुलमानले फेला पारेका हुन् । उनको दक्षताअनुसार दोस्रो पटक प्राधिकरणमा ल्याइएपछि उर्जा मन्त्री पम्फा भुसालको साथ लिएर अगाडी बड्नु जरुरी छ ।
प्राधिकरण भित्रको नितीगत सुधार गर्न उज्यालो भित्र भएको अध्यारो पाटो हटाउनु प्रमुख एजेण्डा बन्नु पर्दछ । त्यहाँका बोर्ड सदस्यहरु बैठक भत्ता मात्र लिदैनन् तलब लिन्छन्, घर भाडा लिन्छन्, टिएडिए खान्छन्, भ्रमण भत्ता छाड्दैनन् क्षेत्र बाडेर आन्तरिक आम्दानी बढाउने हैन, कसरी खान पाइन्छ त्यतै तिर लाग्ने गरेका छन् ।यो बेथितीको पाटो हटाउने दायित्व उर्जा मन्त्रालय र कार्यकारी निर्देशकको नाताले कुलमानको काधमा आएको छ ।