Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कृषि विकास बैंकको साधारण सभाबाट लाभांश पारित

काठमाडौं । कृषि विकास बैंकको सोह्रौ वार्षिक साधरण सभा मंगलबार सम्पन्न भएको छ । बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सभा सम्पन्न भएको हो ।
बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न साधारण सभाले ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर पारित गरेको छ । बैंकका करिव ३ लाख ६० हजारको संख्यामा रहेका शेयरधनी छन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले शेयरधनीहरुबाट प्राप्त सुझावलाई समेत आधार बनाई अगामी दिनमा बैंकलाई थप शसक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय संघ संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु सुमन दाहाल, डा।राजेन्द्र मिश्र, संजिव पौडेल, हरिप्रसाद पराजुली र रीता सुवेदीको उपस्थिती थियो ।
साथै बैंक संचालक समितिमा समूह ख सर्वसाधरण शेयरधनीहरुको तर्फबाट गोविन्दप्रसाद भट्टराई, संजिव पौडेल र विनोदकुमार गुरागाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएको कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए ।