Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कृषि विकास बैंकको साधारण सभा चैत १४ गते

काठमाडौं । कृषि विकास बैंकको १६औं वार्षिक साधारण चैत १४ गते हुने भएको छ ।
सञ्चालक समितिको विहीबार बसेको बैठकले बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिएका छन् ।
उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर पारित जनाईएको छ ।
साधारण सभाको प्रयोजनका लागि फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनी सचिव पौडेलले जनाए ।