Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजा ज्ञानेन्द्रको सिको सिकेर अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक अंगहरु तहसनहस पार्दै मुलुकलाई स्वेच्छाचारी र निरकुशतातिर लैजाने प्रयत्नमा लागेको बताएका छन् ।
बिहीबार विभिन्न मिडियाका सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष यादवले इतिहासमा एउटै प्रधानमन्त्रीले एउटै कार्यकालको संसद दुई,दुई संसद विघटन गरेर अनौठो रेकर्ड कायम गरेको बताए । उनले ओलीका गतिविधि लोकतन्त्र र संविधानलाई समाप्त पारेर स्वेच्छाचारी शासन गर्न लागिपरेकोमा दुईमत नरहेको बताए ।
त्यस्तै उनले राष्ट्रपतिले समेत संविधानको ख्याल नगरेको बताए । उनले संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपतिकोमा नयाँ सरकार गठनका लागि जाँदा समेत वेवास्ता गरेको बताए त्यसले राष्ट्रपतिका समेत भुमिकामा प्रश्न उठेको यादवको भनाई छ ।
‘राष्ट्रपतिको भुमिका पनि शंकास्पद छ, प्रश्न उठेको छ’, यादवको भनाइ छ । उनले लोकतन्त्र र संविधानको रक्षाका लागि ५ दलले राजनीतिक र कानुनी रुपमा लडिरहेको र आगामी दिनमा समेत गठबन्धन मिलेरै अघि बढ्ने र प्रतिगमनलाई परास्त पार्ने विश्वास दिलाए ।
२०८१ माघ १०
ताजा नेपाल
२०८१ माघ १०
ताजा नेपाल
२०८१ माघ १०
ताजा नेपाल