Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केयुकेएलमा एक करोड ४० लाखका महाप्रबन्धक

काठमाडौं । काठमाण्डौ उपत्याका खानेपानी लिमिटेडमा एक करोड ४० लाख खर्च गरेर मिलन शाक्यलाई महाप्रबन्धक बनाइएको छ । उनलाई सो पदमा ल्याउन माओवादी निकट खन्चुवा कर्मचारीहरुले टुक्रे ठेकदार र ललितपुरका विपी चापागाई माहाकाल चौरका उमेश मरहठ्ठा र महाराजगंज शाखाका रमेश केसी जस्ता प्रमुखहरुसंग रकम उठाएका थिए । चापागाई आफैं पनि महाप्रबन्धकको प्रतिस्पर्धामा थिए । आफ्ना गल्तीलाई पत्रपत्रिकाले समाचार लेख्दा सम्पादक पैसा माग्न आएको बताएर आफु चोखो बन्ने रमेश केसी जस्ता भ्रष्टसँग ज्ञान र सिपको आधारमा प्रोजेक्ट सञ्चालन हुने हैसियत थिएन । तर समूह बलियो भएपछि महाराजगञ्ज शाखाले देखाउने गरी काम गरिरहेको छ । माओवादीका नाममा आम्दानी हुने शाखाहरुमा मनमरीगर्ने दक्षता आर्जन गरेकाहरुले मिलनलाई बोकेपछि दामासाहीले पैसा खान नौलो भएन । त्याहाँको नालीबेली लामै छ । समय ले खोजे प्रस्तुत गरीने छ । रमेशहरु जस्ता कुरौटे इञ्जिनियरले अहिले मन्त्री बिना मगरलाई प्रभावमा पारेका छन् ।
पाटी अध्यक्ष प्रचन्डकी बुहारी भएका नाताले बिना मगर खानेपानी मन्त्री त भइन तर उनलाई बास्तविकता बताईदिने भन्दा लुट्ने कर्मचारीहरुले घुमाए ।उनले पनि दशैमा मेलम्चीको पानी राजधानी बासीको धारामा आउने झुट कुरा बोलेर चर्चामा आइन । यस पटक महाप्रबन्धक नियुक्ति गर्दा ३० लाख कुम्लाइन उनका ससुराले ७० लाख खाए । मिलनलाई महाप्रबन्धक पद किन्न ठेकेदार र शाखा प्रमुखहरुले सघाए । महाराजगंज शाखाका प्रमुख केसी होउन वा माहाकाल चौर शाखाका प्रमुख उमेश मरहठा किन नहुन । उनीहरुले चक्रपथ सुधार आयोजना बाट टुक्रे ठेकेदारहरलाई पाइप गाड्न ठेक्का दिदाँ प्रसस्त भाग छुट्याएको दावी समाचार सुत्रले गरेको छ । आयोजना कार्यान्ययन निर्देशनालयमा बसेर लुटेका तिरेस खत्रिलाई मेलम्ची परियोजनालाई अधुरो काम सक्ने जिम्मा दिनुनै समय बढाउनु थियो । मिलनबाट सचिव माधव बेलबासेले पनि दशै खर्च लिएहोलान । ४० लाख रुपैया मध्ये बोर्ड सदस्य र कर्मचारी नेताहरुलाई भाग लगाउँदा काग्रेसका चल्तापुर्जा नेताहरु नछुट्न पर्ने हो । माओवादीका मुकुन्द भण्डारीले रमेशलाई साथ दिँदै मिलनलाई महाप्रबन्धक बनाउन ठेक्का लिएको बताइएको छ । उनी पार्टीको कोष बढाउने कर्मचारी ठेकेदार भएको हिसिला यामीले तेही बेला भुमी देवकोटालाई बताएकी थिइन् ।
बोडबाट पैसा ल्याएर चुवावट टाल्ने केयुकेएलमा व्यापक भ्रष्टचार हुन्छ । तर पैसा दिने बोर्डका कर्मचारी भत्ता बिना तलबमा कुद्छन् भनेर पत्याउने ठाउँ छैन । किनकी त्यहाँ पनि इञ्जिनियरहरुले पानी कम्पनीहरुसँग दाम झारेर खल्ती भरछन् । बोर्डको आम्दनी घटाउँछन् पानी ट्याङ्गकरको कलर फेर्छन् । ओली सरकारको २ वर्ष ८ महिने कार्यकालमा कुनै प्राजेट सफल भएन । मेलम्ची त माफियादेखि प्रधानमन्त्री म्मको आहारा बनेको छ । उपत्याका बासीले पानी पाउने कुरा सपना भएको छ । तिरेस खत्रिहरुले मेलम्चीको खर्च बढाउन र बिना मगरले जनताका बीचमा खोक्नु एकै हो । सचिव माधव बेलवासेको प्राविधिक ज्ञान ले नेपालका नदीहरुमा पानी जहाज कहीले देखि कुदने हुन् ठेगान छैन । मिलन शाक्यले भने केयुकेएलको महाप्रबन्धक बनेर लगानी गरेको पैसो उपर गर्न नयाँ कार्ययोजना बनाउन थालेको चर्चा छ ।


सम्बन्धित समाचार