Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केसीको अवस्था जटिल बन्दै, जीवन रक्षा गर्न माग गर्दै दीप प्रज्वलन

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारमो माग गर्दै अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको लागि भन्दै त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले दीप प्रज्वलन गरेका छन् । चिकित्सा शिक्षा सुधारका विभिन्न मागहरु राख्दै १९ औं अनसन बसीरहेका डाक्टर केसीको जीवनरक्षाको कामना गर्दै टिचिङ अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले दीप प्रज्वलन गरेका हुन् । उनीहरुले त्रिवि शिक्षण अस्पतालको प्रवेशद्धारमा सेभ जीकेसी भन्दै दीप प्रज्वलन गरेका हुन् ।
उनीहरुले डाक्टर केसी अनसन बसेको १६औं दिन भइसक्दा पनि डा केसीको मागप्रति सरकारले कुनै चासो नदिएको भन्दै सरकारलाई ब्युुँझाउन र डा केसीको जीवनरक्षाको कामना गर्दै दीप प्रज्वलन गरेको नेसनल रेसिडेन्ट डाक्टर्स एसोसियसन त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डाक्टर सुभाष देवकोटाले बताए । डा केसीको माग सम्बोधनका लागि दबाव दिँदै उनीहरुले केही दिन अघिदेखि हातमा कालो पट्टि बाँधेर सेवा दिइरहेका छन् । उनीहरुले डा केसीको माग सम्बोधन गरी सरकारले उनको जीवन रक्षा गर्नुपर्ने माग समेत गरेका छन् । विभिन्न प्रदेशहरुमा मेडिकल कलेज सञ्चालन लगायत विभिन्न मागहरु राख्दै जुम्लाबाट भदौ २९ गतेदेखि अनसन शुरु गरेका डा केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् ।
डा केसीको स्वास्थ्य निगरानीमा खटिएका चिकित्सकहरुले डा केसीको स्वास्थ्यअवस्था जटिल बन्दै गएको बताएका छन् ।
अनसनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गए पनि उनको माग पूरा गर्ने सम्बन्धमा सरकारले कुनै पहल नगरेको भन्दै मेडिकल विद्यार्थी तथा उनका समर्थकहरुले विरोधका कार्यक्रमहरु समेत गर्न थालेका छन् ।


सम्बन्धित समाचार