Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काँग्रेसमा लुटाहा र डनको खाँचो छैन । कुनै बेला शेरबहादुर समूहकै बलबहादुर केसीको आतंकले पर्यटकीय एवं हिमाली जिल्ला सोलुखुम्बु चर्चित थियो । जिविसले वितरण गर्ने जुनसुकै आयोजनाको खर्चमा केसीको डनवादलाई प्रतिशत छुटुयाउनु पथ्र्यो । बलबहादुर केसीले रोजेर स्थानीय विकास अधिकारी पठाउँथे । तीनले गैर कानुनी काम गर्न नमान्दा सरुवा हुनु पथ्र्यो । कुनै वर्ष सोलु जिविसले ६ जना स्थानीय विकास अधिकारी फेरेको रेकर्ड छ । खेलकुदमन्त्री बन्दाको पर्खाल काण्ड नेपाली काँग्रेसको गहना भयो । सरकारी गाडी लिएर नक्सालमा पर्खाल चढ्न जाँदा पनि तत्कालिन प्रम एवं शन्त नेता कृष्णप्रसाद भट्टराईले बर्खास्त गरेनन् । भ्रष्टाचार त काँग्रेसको गहना हो, महिला काण्डले बलबहादुरको बल समाप्त पा¥यो । अहिले केसी पार्टी संस्थापन इतर भएका छन् । सोलुबाट उनले चुनाव जित्ने दिन गएका छन् । महिलाको केशमा नमुछिए पनि राज्यको ढुकुटी कुम्ल्यामउने कुरामा अर्का डन मोहन बस्नेत काँग्रेसको देउवा गुटमा उम्लेका छन् । नउम्लिउन् पनि किन, काँग्रेसकी भ्रष्टाचारकी कुलायन डा. आरजु र बस्नेतकी श्रीमती दुवै राणा खानदानका हुन् । राणा र राणासँग नाजा जोडिएका ज्वाइँ चेलाले देशको सम्पत्तिमा यति रजाइँ गर्नु उनको अधिकारै हो । भ्रष्टाचार गर्नकै लागि बस्नेतले गृह जिल्ला सिन्धुपाल्चोक मात्र ताक्न परेन । भ्रष्टाचारकी कुलदेवी डा. आरजुको कोटाबाट स्वास्थ्यमन्त्री बन्दा बस्नेतले १ करोड १५ लाखका स्वास्थ्य उपकरण ४ करोड ३० लाखसम्ममा खरिद गराएका थिए । सरकारी अस्पतालका स्वास्थ्य उपकरण मन्त्रालय मार्फत् खरिद गर्ने गरी स्वास्थ्य माफिया विशाल लम्सालसँग मिलेका थिए । सांसद मोहनबाट पीडित भएका चिकित्सक, कर्मचारीको संख्या ठूलै छ । उनी जहिले सत्तामा पुगे त्यो बेला भ्रष्टाचारका राम्रै काण्ड रच्ने गर्छन् । गृहजिल्लाको विकास बजेटमा मोहनलाई भाग छुट्याउनुपर्छ । भोटेकोशी जलविद्युत परियोजनाको तार तान्ने र पोललगाउने काम यिनै बज्रस्वाँठले १२ करोड माग्दा अलपत्र भएको छ ।
भूकम्पले ग्रस्त विद्यालय मर्मत र पुनः निर्माण गर्न दोहोरो पैसा लगेर एकातिरको बजेट भ्रष्टाचारमा डुबेका मोहनले चप्काए । त्यो केशल अख्तियारमा छ । त्यहाँ जयबहादुर चन्द जस्ता आयुक्त काँग्रेसी भागमा परेका र कुलदेवीलाई ५ वर्ष अगाडि गरेको लगानीभित्र काँग्रेसको सिफारिशमा परेका हुन् । उनले कमाई गरी लगानी उठाएका छन् । यिनैले मोहनको विरुद्ध परेको १९ करोडको उजुरी दबाएका हुन् । जहाँ केसी त्यहाँ भ्रष्टाचार त हिजोको नारा थियो । आज जहाँ बस्नेत भन्नै पर्ने भएको छ । स्वास्थ्यमन्त्रीमा रहँदा प्रधानमन्त्रीलाई असहयोग गर्ने मोहन बस्नेतले टेरामक्स काण्डको ३ अर्ब ८५ करोड ३० लाख काण्डलाई कुलदेवीको आशिर्वाद प्राप्त भएकाले दबाउन सफल छन् । काँग्रेसका ३ डनको लुट काण्डलाई कुलदेवीले दबाएको चर्चा छ । विद्यालयस्तरीय सरकारी खर्चमा समेत दागा धर्ने मोहनलाई आफ्नो चरित्रमा कुनै विस्मात छैन । सिन्धुपाल्चोक चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको गाउँहरूबाट तस्करी सामान भिœयाउने तस्कर धेरै छन् । र तिनले मोहनकै आशिर्वाद लिन्छन् । माओवादीको रजगज चलेको बेला तस्करहरूले आफूले भनेको मान्दैनन् भन्दै मोहन गुनासो गर्थे । अहिले पनि सत्तामा वामपन्थी छन् गठबन्धन फेरिएर मोहन बस्नेतको मन्त्री पद गुमेको छ । तर उनको च्यानल टुटेको छैन । त्यही च्यानलबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले काम चलाउँदै गर्दा उनको मन्त्री पद पनि गुम्यो, पार्टी पनि फुट्यो । प्रदीप यादव स्वास्थ्यमन्त्री भएका छन् । तर सरकारी अस्पतालको भद्रगोल भने हटेको छैन । गणतन्त्रको १६ वर्षमा सबै दलमा डन र गुण्डाहरूलाई नेता बनाएर ठूला नेताले लुट्ने ठाउँ सुरक्षित भएकै छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल