Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

के लिएर आयो अमेरिकी सेनाको जहाज

काठमाडौं। शुक्रबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकी वायु सेनाको विमान कूटनैतिक प्रयोजनको लागि आएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयरफोर्सको जहाज काठमाडौं आएको बताए । विमान शुक्रबार बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेको थियो । यो विमानमा कूटनीतिज्ञसहित सामानहरु पनि भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार युएस एयरफोर्सको आरसीएन १८१६ चार्टर्ड विमान काठमाडौंमा बिहान सवा ९ बजेको समयमा अवतरण गरेको थियो । अमेरिकाबाट उडेपछि यो विमान पहिले थाइल्याण्डको बैंकक गएर त्यहाँबाट काठमाडौं आएको हो । उक्त विमानले कूटनैतिक प्रयोजनका सामान लिएर आएको बताइएको छ । विमानले १२०० किलोग्राम बराबर ३३ वटा प्याकेजहरु लिएर आएको थियो । ती सामानहरु नेपालस्थित अमेरिकी दुतावासका प्रतिनिधिले बुझिलगेका छन् ।