Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाको चर्को चपेटमा अमेरिकामा, १ लाख ३१ हजारले ज्यान गुमाए

एजेन्सी । कोरोना संक्रमणले सबैभन्दा आक्रान्त बनेको मुलुक अमेरिकामा १ लाख ३१ हजार ४ सय ८५ जनाको ज्यान गइसकेको छ । अझै पनि त्यहाँ कारोना संक्रमण रोकिन त के कम हुन पनि सकेको छैन । विकसित र शक्ति सम्पन्न मुलुक अमेरिका अहिले कोरोनाको सबैभन्दा चर्को चपेटामा परेको छ । संयुक्त राज्य अमेरिकामा बिहीबार मात्रै ५७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वल्डोमिटरका अनुसार बिहीबार त्यहाँ ५७ हजार २ सय ३६ जनामा कोरोना पुष्टि भएको हो । अमेरिकामा यो संख्या २४ घण्टामा देखिएको अहिलसम्मकै बढी हो ।
शुक्रबार बिहानसम्म अमेरिकामा कोरोनाबाट २८ लाख ३७ हजार व्यक्ति प्रभावित भएका छन् । जसमध्ये १ लाख ३१ हजार ४ सय ८५ संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा त्यहाँ यो भाइरसबाट ६ सय ८७ संक्रमितको मृत्यु भएको छ ।  अमेरिकामा अहिलेसम्म ११ लाख ९१ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् । १५ लाख १४ हजारको उपचार जारी रहँदा १५ हजार ९ सय संक्रमितको अवस्था गम्भीर रहेको छ । अमेरिकामा सबैभन्दा बढी न्ययोर्क राज्य प्रभावित छ । त्यहाँ हालसम्म ४ लाख १९ हजार ६ व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ । न्युयोर्कमा मात्रै ३२ हजार संक्रमितले ज्यान गुमाएका छन् ।
न्युयोर्कपछि क्यालिफोर्निया, टेक्सस, न्युजर्सी, फोलोरिडा, इलिनोइस, म्यासाचुसेट्स, पेन्सिलभेनिया, जर्जिया, एरिजोन, मिशिगन, उत्तर क्यारेलिना राज्य कोरोनाबाट बढी प्रभावित छन् ।