Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाबारे अमेरिकाको डरलाग्दो रिपोर्ट

एजेन्सी । अमेरिकामा विश्वव्यापी संक्रमण फैलिएको कोरोना भाईरसबाट आधा लाख मानिसको मृत्यु हुने अनुमान गरिएको छ । डेलिमेल अनलाईनले गोप्य अमेरिकी अनुसन्धान रिपोर्टको तथ्यांक चुहिएको बताउँदै सो रिपोर्टमा करिव ४८ हजार अमेरिकीले कोरोना भाईरसबाट ज्यान गुमाउने उल्लेख गरेको छ । संक्रमितको संख्या ९ करोड ६० लाख पुग्ने भन्दै डेलिमेल अनलाईनले अमेरिकामा सार्वजनिक गरिएको संक्रमित तथ्यांक भन्दा दशगुणा धेरै संक्रमित भईसकेको दाबी गरिएको छ ।
अमेरिकामा शनिवार अपरान्हसम्ममा १७ जनाको ज्यान लिईसकेको कोरोना भाईरस अमेरिकाको २९ राज्यमा फैलिसकेको छ । अमेरिकामा संक्रमितको संख्या ३ सय ४० नाघिसकेको छ ।
डेलिमेलकै अनुसार डा. जेम्स ललेर जो युनिभर्सिटि अफ नेब्रास्का मेडिकल सेन्टरका प्रोफेसर हुन् उनले प्रस्तुत गरेको रिपोर्टमा यस्तो खुलासा गरिएको छ । अमेरिकी सरकारले सार्वजनिक गरेको भन्दा दश गुणा बढी संक्रमित रहेको बताईरहँदा अमेरिकामा पछिल्लो २४ घण्टामा १ सय २० बढी संक्रमित पुष्टि भएका छन् । रिपोर्ट अनुसार मुटुको रोग वा समस्या रहेका बिरामीहरु अन्य व्यक्तिको तुलनामा कोरोना भाईरसबाट चाँडै संक्रमित हुने र उनिहरुको मृत्युको सम्भावना स्वस्थ व्यक्तिको तुलनामा १० गुणा बढी रहन्छ ।
डा। जेम्स अमेरिकी सरकाको दि अमेरिकन हस्पिटल एसोसिएसनमा आवद्ध प्रख्यात चिकित्सक रहेको समाचारमा बताईएको छ । विश्वलाई नै झस्काउने गोप्य रिपोर्ट खुलासा भएपछि विश्वव्यापी महामारीको रुप लिंदै गएको कोरोना भाईरसको भय थप बढ्ने ठानिएको छ ।
हालसम्म कोरोना भाईरसबाट विश्वभर १ लाख ४ हजार व्यक्ति संक्रमित भएको पुष्टि भएको छ ।
५४ हजार बढी व्यक्ति पुन स्वस्थ हुँदा करिव ३५ सय व्यक्तिले ज्यान गुमाएका छन् । कोरोना भाईरस विश्वको ९२ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्वमा कोरोना भाईरसबाट सबैभन्दा बढी प्रभावित देशमा चीन रहेको छ भने त्यसपछि क्रमश दक्षिण कोरिया, ईटली, ईरान र जापानपछि अमेरिका रहेको छ ।


सम्बन्धित समाचार