Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनामाथि सलहको थपियो चिन्ता

काठमाडौं। कोरोनाले आतंकित बनाएको बेला सलहको चिन्ता थपिएको छ । बालीनाली नष्ट पारिदिने फट्यांग्रा प्रजातीको एक किरा हो सलह। निकै ठूलो हुलमा रहने सलहको नेपाल प्रवेशसँग कोरोना महामारीको चपेटामा परेको नेपालमा थप चिन्ता बढाएको छ। सलहको एक झुण्डले झुण्डले २५ सय जनालाई पुग्ने अन्नबाली खाइदिन सक्ने विज्ञहरुको अनुमान छ। नेपालमा यो विनाशकारी सलह यस्तोबेला प्रवेश गरेको छ, जति बेला नेपालको सबैभन्दा धेरै खेति हुने धानको रोपाईँ चलिरहेको छ। अझ पहाडी क्षेत्रमा त मकै पनि बारी मै छ। एकैदिन सलह तराईबाट प्रवेश गरेर नेपालको पहाडमा पुगिसकेको छ। सलह आएपछि अनिकाल पर्ने लगभग निश्चित हुन्छ। किनकी यसले बालीनाली नष्ट पारिदिन्छ। धानको बिउ र मकै यसले सखाप पार्न सक्ने देखिएपछि नेपालमा आगामी वर्ष खाद्य संकट पर्ने अनुमान गरिएको छ। त्यसो त नेपाल खाद्यन्नमा यसै पनि आत्मनिर्भर छैन। कोरोनाका कारण जारी लकडाउनका कारण आर्थिक स्रोत गुमाएका नेपालीले सलहका कारण खेतीबाली पनि गुमाउनुपर्ने स्थिति आएपछि नेपालीहरु दोहोरो मारमा पर्ने देखिएका हुन्। सलहको नेपाल प्रवेशपछि यसले पार्ने असर क्षतिबारे अनुसन्धान शुरु भएको कृषि पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी सलहलाई नियन्त्रण गर्न सरकार तयार रहेको संघीय सरकारदेखि स्थानीय तहसम्म समन्वय भइरहेको जानकारी दिएको छ।