Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाले ठप्प छ मुलुक, ४८ जिल्लामा छ निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमणका कारण मुलुक ठप्प छ । कोरोना नियन्त्रणका लागि मुलुकका आधा भन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै मुलुकका विभन्न जिल्लामा कहीँ पूर्ण र कहीँ आंशिक निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लाहरुमा कोरोना संक्रमितको अवस्था हेरी पूर्णदेखि आंशिक निषेधाज्ञा जारी गरेका हुन् ।
गृहमन्त्रालयको तथ्यांकअनुसार हालसम्म पूर्ण र आंशिक गरी ४८ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि देशभर ३५ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको हो।
सप्तरी, धनुषा, नुवाकोट, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, जुम्ला, ललितपुर, भक्तपुर, काठमाडौं, रौतहट, मकवानपुर, धादिङ, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेत, चितवन, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, बागलुङ, गोरखा, कास्की, सिराहा, मोरङ, दार्चुला, झापा, मोरङ, दार्चुला, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, पाल्पा, रामेछाप, कैलाली, प्युठान, दैलेख, गुल्मी, कन्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, बैतडी, जाजरकोट र रुकुम पश्चिममा पूर्ण र आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयले जनाएको छ। सरकारले गत साउन ६ गतेबाट देशब्यापी लकडाउन हटाए पनि कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले आवश्यकता हेरेर निषेधाज्ञा जारी गरेका हुन् ।