Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना जितेर घर फर्किए मनोज

काठमाडौं। कोरोना भाइरस संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन्। कलाकार गजुरेललाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि होम आइसोलेशन बसेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो। गजुरेल आफैंले डिस्चार्ज भएको खबर सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्।
‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’ गजुरेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने उनले बताएका छन्।


सम्बन्धित समाचार