Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना नियन्त्रण र नेकपाको एकता उस्तै

दुई ठुला कम्यिुनिष्ट पाटीको एकता भएको २ वर्ष पुरा हुदाँ समेत पाटी एकताको कार्यक्रमले निष्कर्ष पाएन । एकता प्रकृयाका कार्यक्रमहरु अलपत्र पारेर । ठुला नेताहरु गुटको स्वार्थ र पारिवारिक मोहमा डुबेको यो अबधिमा ठुलो जहाजका दुई पाइलटहरुले आफ्नो जिम्मेवारीलाई कसरी पुरा गर्ने भन्ने कुराको भेउनै पाएनन् । परिवारबाद र गुटको सेरोफेरामा भुलेको फल यती खेर कार्यकर्ता जनताबाट नेतृत्व प्रति देखाइएको असन्तुष्टि ले पुष्टि गर्दछ । २०७४।६।१७ गते आसन्न निर्वाचनमा बामपन्थि शतिmलाई एक जुट बनाएर ६० वर्ष अघि देखिको जनताको चाहना पुरा गर्न फरक विचार फरक धार भएतापनि संघियता गणतन्त्र समावेशिताको सिद्धान्तलाई स्वयिकार गदै तत्कालिन माओवादी र एमाले विच पाटी एकता हुने गरी चुनावी गठबन्धन गरिएको सबैलाई थाहाँ छ । यही माहोलले बाम शतिmलाई झन्डै २ तिहाई मत प्राप्त भयो । तर त्यो मतको कदर गर्न पाटी अध्यक्षको हैसियतले प्रधानमन्त्री के.पी आलीले सकेनन् । उनी गुटको वरिपरी सिमीत रहे आफनो झुन्डलाई सरकारी पद र सुविधाहरु दिलाए तर एकिकृत पाटीको महत्व र आवश्यकतालाई ध्यान दिएनन् । सरकारले निती तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने दिनमा मात्र सचिवालय बैठक राखेर छलफल गरेको देखाइयो मात्र सामुहिक नेतृव्वमा चल्नु पर्ने कम्यिुनिष्ट पाटीलाई विधि प्रकृया र निरन्तरताको आवश्यकता पर्दछ । तर ठुलो जहाजका २ पाइलटले पद्धती र सिद्धान्तको बरखिलाप गदै गुटको सेरोफेरोलाई स्थान दिदाँ कहिले माधब उफ्रिए कहिले बामदेव डुक्रीए आघिर उनीहरुलाई आफु र आफ्नो गुट बाहेकको चासो भएन त्यही कारण पाटी एकताको औचित्य र महत्व प्रति चासो भएन । २०७७ साल जेष्ट ३ गते पाटी एकता भएको ३ वर्ष लागेको छ । यो अवधिमा सत्तारुढ दल ने क.पा भित्र आन्तरिक कलह र गुटबन्धिले तहसनहस भएको छ । ओली सरकारले निती तथा कार्यक्रम प्रस्तुत गरेको ३ वर्ष भयो तर ति कार्यक्रमहरुले घोषित लक्ष्य र उद्देश्यलाई पुरा गरेका छैनन् । यस पटक पाटी एकता दिवशलाई कोरोना कहरले सताएको छ भने सरकारको योजनाहरु कोरोना विरुद्ध केन्द्रित हुने जर्मर्काे गरेपनि नितीगत तहमा स्पष्ट हुन सकेका छैनन् । मुल पाटीको नेतृत्व नै गुट र परिवार वादमा जेलीएपछि सिद्धान्त विचार र आर्दशको अर्थ हुदैन। अध्यक्षद्धयले बक्तब्य मार्फत पाटी एकताको कुरा गरे तर उनीहरुको कुरालाई विश्वास गर्ने आधार छैन । भाषण गर्न सजिलो छ तर व्यबहारमा उत्रन कठिन हुन्छ भन्ने कुरा ओली र प्रचण्डले बुझ्नै सकेनन् । अहिले सरकार जनप्रतिनिधिहरु संग टाढा छ । प्रदेश र संघिय सरकार विच तालमेल छैन । सिंहदरबार भित्रै प्रधानमन्त्रीको सचिवालय र अरु मन्त्रालय विच समन्यय नभएको छर्लग्ग हुदै छ । यही स्थिती ४४५ जनाको केन्द्रिय समिती ४५ जनाको स्थाई समिती ९ जनाको सचिवालयमा गडेर बसेको कारण एकता प्रकृया बाकी नै रहयो । २ वर्ष सम्म नत सल्लाहाकार समिती बनेको छ नत जेष्ट कम्यिुनिष्ट मन्चले पुर्णता पाएको छ । प्रदेश समितीहरु र जिल्ला समिती हरुमा मात्र होइन जनबर्गिय समितीहरुमा समेत ने.क.पाको महत्वलाई चासो दिएको देखिदैन ।अहिले ओली र माधब नेपालको मात्र होइन बामदेवको स्वार्थ समेत पुरा गर्न आन्तरिक लडाई चर्किदो छ । जबकी यो ३ वर्ष विचमा स्थाई समितीलाई बाईपास गरी आफनो स्वार्थका निणर्यहरु प्रधानमन्त्री को तहबाट अक्ष्यक्ष ओलीले लागु गरी रहेका छन् अन्य नेताहरु हेरी रहेका छन् ।
एकिकृत पाटीको उद्धेश्य र कार्यक्रमहरु सरकारको निती तथा कार्यक्रममा समाबेश हुनु पर्दछ । लिखत भाषणमा परेका विषयहरुलाई कार्यन्ययनमा लैजान आट देखाइएको भए ३ वर्ष सम्म एउटै योजनाले निरन्त्ररता पाउने थिएन । पाटीमा छलफल नहुनु सरकारका योजनाहरु जिम्मेवारी पुर्वक कार्यन्ययन नहुनु नेतृव्वको असफलता हो । कम्युनिष्ट पाटीले आफ्ना योजनाहरु कार्यान्ययनमा लैजान प्रयोग गनर््े शतिm भनेकै कार्यकर्ता हो । तर ने.क.पाले आम कार्यकर्तालाई आफनो ठानेन गुटको आधारमा राज्य सन्चालन गर्दाको प्रतिफल विश्व माहामारीको रुपमा फैलिएको कोरोना नियन्त्रण अभियानमा समेत देखा पर्यो ।आफै असक्षम र भ्रष्ट मात्र हैन पदको भोको भएपछि त्यस्तो नेतृव्वले नत आट गर्छ नत कार्यकर्ताको चितm बुझाउन सक्दर्छ । सरकारका आफनै बाध्यता होलान । राज्यकोष खर्च गर्दा नियम कानुन नमाने जस्तै पाटी एकता प्रकृयालाई पनि विधि विधान र सिद्धान्तको तिलान्जली दिएको ?कोरोना कहर जस्तै ने.क.पा को एकिकरण प्रकृया सफल हुन कति समय लाग्ने हो नेताहरुले त्यतातिर ध्यान दिएको पाईएन। यस्तो स्थितीमा राष्टपतिद्धारा भाषण गराइएका कार्यक्रमहरुले कस्तो सार्थकता पाउलान र वर्तमान सरकार ने.क.पा.को नेतृत्वले दिएको आश्वासनमा विश्वास गर्नु !!