Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना बढ्यो भन्दै सजगता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार १० बुँदे सूचना जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई कम गर्न सबै सरकारी, गैह सरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने स्थानहरू, विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातमाअनिवार्य रूपमा मास्कको प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने जनाएका छन्। साथै गोष्ठी, सेमिनार, बैठक जस्ता भिडभाड हुने कार्यक्रमहरूमा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ ।