Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्ने तयारीमा जुट्न सदस्य राष्ट्रलाई विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । ब्राजिल, जर्जिया, ग्रीस, नर्थ म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा कोरोना भाइरस९कोभिड–१९०को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन९डब्लुएचओ०ले सबै सदस्य राष्ट्रहरुलाई तयारीका लागि चेतावनी दिएको हो ।
कोरोना भाइरसकको संक्रमण रोक्न सबै देश तयार हुनुपर्ने भन्दै विश्वस्वास्थ्य संगठनका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयसले बिहीबार जेनेभामा पत्रकार सम्मेलन गर्दै भने, कुनै पनि मुलुकले कोभिड–१९ भित्रिन्न भनेर बस्न हुँदैन । त्यस्तो गरे गम्भीर गल्ती हुनेछ। कोभिड–१९ ले बोर्डरको मतलब राख्दैन।
साथै महानिर्देशक गेहब्रेयसले कोरोना भाइरसले जात र जातीयतको पनि फरक नछुट्याउने र मुलुकको जीडीपी र विकासको स्तर पनि नहेर्ने भएकाले सबै मुलुकले निकै सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
चीनमा तुलनात्मक रुपमा कोभिड–१९ संक्रमण घट्दै गए पनि युरोप र मध्यपूर्वमा यसको असर देखिन थालेपछि चिन्ताको विषय बनेको उनले बताए। कोरोनाको संक्रमण चीनसहित ५० देशमा पुगेको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ सय पुगेको छ । त्यस्तै विश्वभरका ८३ हजारमा संक्रमण फैलिएको छ ।
चीनपछि सबैभन्दा बढी संक्रमण फैलिएको दक्षिण कोरियामा २ हजार २२ जनामा संक्रमण फेला परेको सीएनएनले उल्लेख गरेको छ । चीनमा बिहीबारमात्रै २९ भन्दा बढीले ज्यान गुमाएका छन् भने ४ सय ३३ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै कोरियामा १ हजार २ सय ६१ नयाँ संक्रमित फेला परेका छन् । कोरोनाकै कारण दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
त्यस्तै इटालीमा १७ जनाले ज्यान गुमाएका छन् । ६ सय ५० जनामा संक्रमण देखिएको छ । युरोपका अल्जेरिया, डेनमार्क, रोमानिया, स्पेनमा पनि यसको संक्रमण फैलिएको छ । फ्रान्समा कोरोनाको संक्रमणबाट २ जनाले ज्यान गुमाउनुका साथै ३८ जनामा संक्रमण देखिएको बीबीसीले उल्लेख गरेको छ । त्यस्तै बेलायतमा १६ जनामा संक्रमण देखिएको छ । दरल्याण्ड, ब्राजिलमा पनि कोरोना संक्रमित फेला परेका छन् ।