Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना मधुमेय रोगीलाई झन् खतरा

काठमाण्डौ । दीर्घ रोगीका लागि कोरोना थप खतरनाक साबित भइरहेको छ । त्यसो त चिनी रोग अर्थात मधुमेह पनि ती दीर्घ रोगमध्ये पर्छन् जसले कोरोनाका बिरामीको समस्यालाई थप बढाइरहेको छ । हुन त कोरोनाको दोस्रो लहरले स्वस्थ व्यक्तिहरुलाई पनि आफ्नो चपेटामा पारिरहेको छ तर पनि मधुमेहका रोगीमा यसको गम्भीरता अलि बढी नै देखिएको छ ।

ब्लड सुगरको खराब स्तरले इन्सुलिनको उत्पादनमा असर पार्छ र यसका कारण प्रतिरोधी क्षमता कमजोर हुन्छ । यसबाहेक मधुमेहका बिरामीको रक्त सञ्चार पनि राम्रो हुँदैन त्यसैले उनीहरुलाई निको हुन अलि समय लाग्छ । मधुमेहका बिरामीलाई यदि कोरोना भएको छ भने यसका लागि भाइरल लोडसँग लड्न थप मुश्किल हुनेगर्छ । यतिमात्रै होइन, उनीहरुमा अन्य थुप्रै रोग देखिने खतरा बढ्ने गर्छ ।

कोरोना भएपछि मधुमेहका बिरामीमा मुटु, साससँग सम्बन्धित समस्या र फोक्सोको रोग लाग्ने सम्भावना बढ्ने गर्छ । मधुमेहका रोगीलाई कोरोनाका अन्य केही लक्षण पनि महसुस हुन सक्छन् । यदि समयमा नै ध्यान नदिए यो घातक पनि हुनसक्छ । आउनुहोस्, त्यस्ता लक्षणबारे जानकारी लिऔं जसलाई नजरअन्दाज गर्नु भारी साबित हुनसक्छ ।


सम्बन्धित समाचार