Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरोना संक्रमित अहिलेसम्मकै धेरै भेटिएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार १६ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा जागेश्वर गौतमले उक्त जानकारी दिनुभयो । १३ हजार ४६१ जना पीसीआर परीक्षण भएकोमा १०१६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । २४ घण्टामा थपिएको संक्रमितको संख्या यो अहिले सम्मकै उच्च हो । आज थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । सो मध्ये निको हुनेको संख्या १७ हजार ५८० रहेको छ । २४ घण्टमा ८५ जना डिस्चार्ज भए । हाल सक्रिय संक्रमितको संख्या १० हजार ५६३ छ भने १३ हजार ९२६ जना क्वारेन्टिनमा बसिरहेका छन् । सक्रिय संक्रमितमध्ये ११८ जना आइसीयू र ८ जना भेन्टिलेटरमा रहेका छन् । भेन्टिलेटरमा रहेका संक्रमित बागमती प्रदेशमा रहेका छन् । हालसम्म ११४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल