Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदको शनिबार हस्ताक्षर सनाखत सुरू भएको छ । अहिले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेसका केदार कार्कीले आफूलाई समर्थन गरेका ४७ प्रदेश सांसदसहित सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयमा आइपुगेका छन् । सत्ता गठबन्धनको सिफारिसमा मुख्यमन्त्रीमा दाबी पेश गरेका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सनाखत नगर्ने बताइएको छ । मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम आङ्बो र कार्कीको दाबी पेस भएको हो ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल