Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

को रहेछ त देश भक्त !

सार्क क्षेत्रमा एकता सदभाव र भातृत्व कायम गराउन स्थापना गरिएको दक्षिण एसियाली सार्कसंगठन को १८ औ शिखर संम्मेलन भारतकै कारण अहिले सम्म वेपक्ता छ । आफुलाई आपत पर्दा सार्क राष्ट्र गुहार्ने भारतीय विस्तारवादले सार्क सम्मेलनकै समयमा तत्कालिन राजा ज्ञानेन्द्रलाई तिमी भुटान भएर बस सत्ता टिक्छ भनेको थियो तर ज्ञानेन्द्रले भारतीय शासक वर्गको अगाडी झुकेनन्। यो वंगलादेशमा भएको प्रशंग्ग हो । यस्तै स्थिती राजा विरेनद्रलाई भारतिय पक्षले सृजना गरेको थियो । तर विरेन्द्रले राष्ट्र ठुलो सम्झे भारतिय दादागिरिको अगाडी नझुकेको कारण पंन्चयती व्यवस्थाको अन्त भयो । नेपालमा नाकाबन्दि लगाइयो त्यो नाकाबन्दिको समर्थन गदै काग्रेस र कम्यिुनिष्टहरु रमाए । यस्तै स्थिती २०७२ सालमा नेपालको संविधान जारी गर्दा भारतले नाकाबन्दि लगायो त्यो बेला मदेशवादी दलहरु ४६ सालका काग्रेस र कम्यिुनिष्ट झै नै रमाए । शरिर नेपाली भए पनि मन बचन र कर्म भारत भक्त भएका धेरै मनुवाहरु यो पृथ्वीमा छन् ।जो यतीखेर नेपालले भारतद्धारा अतिक्रमण भुमी नेपालको नक्सामा समावेश गरी कम्यिुनिष्ट सरकारले नक्सा प्रकाशन गर्दा ३ मुर्छा खाएका छन् । त्यस्तालाई नेपालको संसदमा नेपाली जनताले जनप्रतिनिधिको रुपमा स्वीकार्नु परेको छ । सत्ताका निमीक्त भारत संग हारगुहार गरेर मन्त्री बन्ने स्वाठहरुपनि धेरै छन् । ति मध्येका हृदय त्रिपाठी आफ्नै निर्वाचन क्षेत्र सुस्ताका जनताको धनसम्पति मात्र होइन पशुचौपाय लुट्ने महिलाहरुको इज्जत लुट्ने भारतीय सिपाईहरुको अत्याचार विरुद्ध एक शव्द बोलेको रेकर्ड छैन । ओली सरकारमा उनै प्रशासनिक मन्त्री छन् । सरिता गिरी अमरेश सिंह जस्ता दलालहरुको त कुरै के भयो र । काम गर्न को निमीक्त स्पष्ट बहुमतको सरकार भएपनि पाटीको निती र सिद्धान्त मात्र होइन विचारलाई तिलान्जली दिदै कमिसनको जालमा फसेको नेतृत्वले यस पटक भारतका अगाडी गतिलै निणर्य गरेको छ ।
भरतले उसको भुमी दिनु पदैन मात्र १९५० को सुगौली सन्धिले व्यास्था गरेका व्यहोहारलाई बुझिदिए हुन्छ । यो व्यहार प्रधानमन्त्री मोदीद्धारा देखाइनु पर्दछ । नकी भारतीय दुतावासबाट भातभान्छा चलाउने नेपाली राजनितीका अर्थनग्ग चरित्रहरुले छलफल गरेर समस्याको समाधान हुदैन । नेपाली भाषी भारतिय हरुलाई नागरिकता समेत नदिएको भारत सरकारले नेपालको लोकतन्त्र स्थापना पछी राजनितीक दलहरुलाई निर्देशन गरेर आफ्नो देशबाट नेपालमा पेशा व्यवसाय मजदुरु गरेका नागरिक हरुलाई नेपालको नागरिक बनाएको धेरै भएको छैन । गरिबी को फाइदा धनिहरुले लिन्छन् । यस्तै स्थिती नेपालका नेताहरुले भारत सरकारको पैसा लिएर नेपालको राष्टियता माथि बारम्बार धक्का दिएको फल राष्टघाती महाकाली सन्धीपछि पाक्न थालेको हो। यो कुरो आफै सबैतिरको विज्ञ कपट र गुटवादका नायक प्रधानमन्त्री केपी ओली ले स्मरण गर्न जरुरी छ जसले माहाकाली सन्धिको समयमा रु ५ करोड तत्कालिन एमाले सांसदहरुको नाउमा लिएर सुर्य पश्चिम बाट उदाउछ । माहाकाली सन्धिपछि नेपालले भारतबाट हरेक वर्ष रु १२ खर्व १२ अर्व प्राप्त गर्छ भनेका थिए । माधवनेपाल पाटीको माहासचिव थिए भने ओली दोस्रो नेता । नेपालले विजुली स्याटलाइट बाट चिनमा बेच्ने भनेकै हुन । त्यही कारण हुन सक्छ अहिले आफु नितीगत लुट मच्चाएर आम जनतालाई नपचेको अमेरिकी मिलेनियम च्यालेन्ज कंर्पोरेशन अन्तरगत रु ५४ अर्व भित्राएर नेपालको विधुत उत्पादन अन्तराष्टिय बजारमा विक्री गर्नका निमीक्त विधुत टासफर्मर लाइन निर्माण गर्ने योजना सरकारले बनाएको छ । हिजो राजतन्त्र एउटै थियो अहिले गणतन्त्रमा राजा धेरै छन् । हिजोका राजा कसैका लागी निरंकुश थिए ।जनताका लाई देशप्रमी । आज राजा धेरै छन् लोकतन्त्रवादी भन्छन् राष्टको बजेट बहुवर्षिय र राष्टिय गौरवका आयोजनाका नाउँमा आधा रकम जुटीरहेका छन् र यिनै भन्छन् आफुलाई देश भक्त र राष्टवादी । भारतिय विस्तारवादका अगाडी विरेन्द्र र ज्ञानेन्द्र झुकेनन् । बरु व्यवस्था र राज संस्था गुमाय राष्ट्रिय स्वाभिमान गुमाउन सकेनन् । के वर्तमान सक्ता र प्रतिपक्षका नेताहरु हिजोका राजा माहाराजा जस्तो देशभक्त र राष्टवादी बन्ने की मातृका विपी र गिरीजाले नेपालको नदीलाना भारतलाई सुम्मेजस्तै अतिक्रमीत नेपाली भुमी फिर्ता ल्याउन देश भक्त नेपाली हरुको आवजलाई सुन्ने मुल्यांकन अब हुदैछ । कम्यिुनिष्ट नेताहरु राष्टवादीकी हिजोका राजाहरु राष्टवादी प्रतिक्षागर्ने घडी आएको छ जुन समयमा भारतले अतिक्रमण गरेको भुमि नेपालले आफ्नो नक्सामा समावेश गर्दा छिमेकी भारत नेपाल विरुद्ध कुर्लेको छ विश्वमा रहेका नेपालीहरुले नेपाल सरकारलाई स्यावासी दिइरहेका छन् । अतिक्रमणको मुद्धा अन्तराष्ट्रियकरण भएको छ ।