Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खाँणले रोके प्रहरी हाकिमहरुको सरुवा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा कार्यान्वयनमा रोक लगाइएको छ । असार २४ मा ओली नेतृत्वको सरकारले गरेको सरुवा शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यान्वयन नगर्न निर्देशन दिएको हो । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी महानिरीक्षकलाई सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । ओली नेतृत्वको मन्त्रिपरिषद्ले ४ जना एआईजीहरुको सरुवा र एकजनाको बढुवा पदस्थापन गरेको थियो । काठमाडौं उपत्यकाको कमाण्ड गर्ने महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पाललाई ७ महिनामै सरुवा गर्ने निर्णय गरिएको थियो । महानगरीय प्रहरी कार्यालयमा प्रद्युम्न कार्कीलाई सरुवा गर्ने निर्णय गरिएको थियो । २०७७ मंसिर २५ मा उपत्यकाको प्रहरी प्रमुख बनेका पाललाई ओलीको मन्त्रिपरिषद्ले विपक्षी गठबन्धनका आन्दोलनकारीलाई सहयोग गरेको आरोप लगाउँदै अन्यायपूर्ण तरिकाले हटाउने निर्णय गरेको थियो । डीआईजीबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका सहकुल बहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गर्ने निर्णय गरिएको थियो । निरज शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्ने निर्णय गरिएको थियो । तत्काल रमना नलिन र आफु कार्यरत ठाउँमा नै बस्न प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एआईजीहरुलाई निर्देशन दिएका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल