Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अब सरकारी कार्यालयका कर्मचारीले खाजा खाने समय आधा घण्टा मात्रै पाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका हुन्। सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन, ओलीले फेसबुकमा लेखेका छन्, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ। प्रधानमन्त्री ओलीले सरकारले निर्धारण गरेको खाजा खाने आधा घण्टाभन्दा बढी समय कसैले लिएको पाइएमा जानकारी गराउन पनि अनुरोध गरेका छन्। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ, ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल