Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खाद्य संस्थान विष बेच्दै

काठमाण्डाैं । मौकामा आफ्नो सामान नबेच्ने जब चाडपर्व आउछ सडेको सामान जनतालाई भिडाउने कम्पनी सरकारकै स्वामित्वमा छ भन्दा लाज हुन्छ । साल्ट टे«डिङखाद्य संस्थान, दुग्ध विकास संस्थान जस्ता सरकारका निकायले आफ्नो कर्तव्यका साथ पूरा गर्ने आँट र साहास देखाउने कहिले हो ? के सरकार यस्तै हुने हो ?
राज्यको रकम खर्च भएको छ । संस्थागत सुधार गर्न सरकार सक्दैन । राजनीति नियुक्ति गर्दा दलीय हैकम छ । काम गर्ने भन्दा आफन्त भित्र्याउने ध्याउन बढि छ । गोदाममा थन्काइएको चामल कुहिएको छ । समयमा बेच्दैन । दुर्गम पहाडी जिल्लामा पठाउने चामल गोदामबाट समयमा पठाईएको भए कर्णाली प्रदेशका पहाडी जिल्लामा खाद्यन्नको हाहाकार हरेक वर्ष हुन्छ । त्यहाँ सबै ठाउमा गाडी पुग्दैन । जाहाजबाट पठाउने चामल सस्तो महंगो जस्तो होस् समयमा पुर्याएको भए ४८७ मेट्रीक टन कुहिने थिएन । ४० लाख ४३ हजार ९२३ रुपैया पर्ने ४८७ मेट्रिक टन बास्मति चामल कुहाउने कर्मचारी भने उन्मुक्ति दिइएकै छ । थापाथली गोदामको चामल चामल सड्ने पहाडमा भोकमरीले जनता मर्ने कस्तो स्थिति भयो यो देशको ? कुहिएको चामल मिसाउने कर्मचारी त्यही छन् ?
कम्पनीका वितरण प्रमुख भिम थापा, प्रमुख कार्यकारी मोहन प्रकाश चन्द माथी कारबाही गर्ने आँट सरकारसँग छैन । किनकी मन्त्री छैनन् सचिवले नीतिगत निर्णय गर्दैनन् ? यस्तो बेतिथी जताततै छ ।