Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खाद्य सामग्रीभित्र मदिरा

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका(९ राम्चे बजारबाट खाद्य सामग्रीभित्र लुकाइछिपाई ल्याएको रोज नामको १५ कार्टुन र गोल्डेन ओक १ कार्टुन मदिरा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भोटेकोशी गाउँपालिका(४ बस्ने ३० वर्षीय मोहन प्रधान र बा। ११ च ५३८१ नम्बरको बलेरोका चालक सोही ठाउँ बस्ने २२ वर्षीय गणेश प्रधान रहेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको निर्णयलाई अवज्ञा गरी उक्त बलेरोमा लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा उक्त मदिरा सहित ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार