Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुञ्जेलीलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’बाट सम्मानित भएकी छन् । नेपाल व्यवस्थापन सङ्घ (म्यान)ले साधारण सभाको अवसर पारेर सीईओ खुञ्जेलीलाई यो सम्मान प्रदान गरेको हो । शुक्रवार विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले सीईओ खुञ्जेलीलाई अवार्ड प्रदान गरे । ‘क’ वर्गको वाणिज्य बैङ्ककी सीईओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैङ्कर हुन् । उत्कृष्ट महिला व्यवस्थापक अवार्डबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै सीईओ खुञ्जेलीले सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद एवं आभार व्यक्त गरेकी छन् । उनले यो अवार्डलाई आफूले मेगा बैङ्क सञ्चालक समिति, संस्थापक, सर्वसाधारण सेयरधनी, ग्राहकवर्गहरू, कर्मचारी एवं समस्त सरोकारवालाहरूको विश्वासको रूपमा लिएको बताइन् । खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैङ्कमा कार्यरत छिन् । ९ वर्षअघि मेगा बैङ्कमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी खुञ्जेलीले २०७५ वैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी हुन् । उनको नेतृत्वमा यो अवधिमा बैङ्कले उल्लेख्य प्रगति गर्न सफल भएको छ भने यो वर्ष बैङ्क अफ दि एयर जस्तो प्रतिष्ठित सम्मान समेत प्राप्त गरेको छ । सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैङ्क अर्थात् अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैङ्कबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २८ वर्षको बैङ्किङ करिअरको अनुभव छ ।


सम्बन्धित समाचार