Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुल्यो राजधानीमा सार्वजनिक सवारी

काठमाडौं । कोरोना संक्रमणदर घट्दो अवस्थामा गएको र यातायात क्षेत्रमा मजदुरहरुको असन्तुष्टि चुलिएको बेला सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् । त्यसक्रममा उनले काठमाडौ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधान संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन् । उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ । सरकारले लामो मध्यम तथा लामो दूरीको यातायात बन्द गर्ने निर्णय भने कायमै रहेको छ ।

५० प्रतिशत भाडा बढ्यो
यसरी बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने भएको छ । अब सार्वजननिक सवारीमा चढ्दा हालको भाडाको आधा थप पैसा तिनुपर्नेछ ।