Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खोपको कमिशनले काँग्रेस आगो

काठमाडौँ । सत्ता सञ्चालकहरु विरामीलाई लगाउने खोपमा त कमिशन खोज्छन् भने पशुपतिमा प्रयोग हुने दाउराबाट कति कमिशन खालान् ? नेपाली कांग्रेसले कोरोना विरुद्धको खोप खरिदमा चलखेल गर्नेमाथि कारबाही गर्न माग गरेको छ। शुक्रबार सभापति देउवाले विज्ञप्ति जारी गर्दै कमिशनकै कारण भारतको सेरम इन्स्टिच्युटबाट खोप आउन नसक्ने अवस्था सिर्जना भएको भन्दै यसमा संलग्नमाथि कारबाही गर्न माग गरेका हुन्। ‘जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वय जिवनदायीनी औषधी ९खोप० भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ। सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु। यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । उनले जनताविरुद्धको अपराध अक्षम्य हुनेसमेत बताएका छन्। ‘जनताको जिवन रक्षा गर्ने औषधीमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो,’ उनले भनेका छन्। यस्तै जनताको जीवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू वेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्नसमेत सरकारसँग उनले माग गरेका छन्।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल