Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिलाई गम्भीर रूपमा लिएर प्रष्ट जवाफ माग्न आफ्ना सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। ओलीले पुस २३ गते पार्टीको केन्द्रीय समिति बैठक समापन गर्दै संविधान संशोधन अब ०८७ मा गर्ने धारणा राखेका थिए। कांग्रेसका इतर पक्षका नेताहरूले प्रधानमन्त्रीको भनाइको विरोध गरे पनि देउवापक्षीय नेताहरू बोलेका थिएनन्। उनीहरूले अब सभापति देउवालाई कुरा प्रष्ट पार्न दबाब दिन थालेका छन्। कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार संशोधन सम्बन्धी भनाइले गठबन्धनको औचित्यमाथि नै प्रश्न उठाएको छ। यसको जवाफ प्रधानमन्त्री ओलीले दिनुपर्ने नेताहरूको भनाइ छ। सभापति देउवासँग कुनै छलफल नै नगरी प्रधानमन्त्री ओली बोलेको महतले बताए। ०८७ मा संशोधन हुन्छ भनेर पार्टी सभापतिले कहाँ भन्नुहुन्छ र ? महतले नेपालखबरसँग भने, हाम्रो आधिकारिक भनाइ के हो भने, गठबन्धन गर्दा सात बुँदे सम्झौताको सबैभन्दा महत्त्वपूर्ण बुँदा संविधान संशोधन गर्ने भन्ने हो। फेरि ०८७ के सन्दर्भमा ? जबकि, ०८४ मा आम चुनाव छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि प्रधानमन्त्रीको भनाइले अन्यौल बढाएको बताउँछन्। यसबारे महामन्त्रीले प्रतिक्रिया दिएको उनले बताए। प्रधानमन्त्रीको भनाइमा हाम्रो महामन्त्रीले विमति राख्नुभयो, यही पार्टीको धारणा पनि हो, महामन्त्री पार्टीको सिनियर लिडर हो, पौडेलले भने, उहाँ झापा हुनुहुन्छ, फर्किएपछि बैठक बस्छ होला। पुस २३ गते पार्टीको केन्द्रीय समिति बैठक समापन मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न आवश्यक संख्या नपुग्ने भन्दै ०८७ मा मात्र हुने बताएका थिए। प्रधानमन्त्रीको भनाइले गठबन्धनकै भविष्यमा प्रश्न उठाउने ठाउँ दिएको नेताहरू बताउँछन्। असार १७ गते मध्यराति देउवा–ओलीले गरेको ७ बुँदे सहमतिको दोस्रो नम्बरमा संविधान संशोधन गर्ने उल्लेख छ। सरकार बनेको ६ महिना बितिसक्दा पनि प्रक्रिया सुरु नै नगरी पछि हटेको कांग्रेस नेताहरू बताउँछन्। सभापति देउवाले यसबारे प्रधानमन्त्री सहितका एमाले नेतासँग जवाफ माग्नुपर्ने उनीहरूले माग गरेका छन्। कार्यकर्ताको अगाडि जे पायो त्यही बोलेर दायाँबायाँ गर्न खोजेको हो भने प्रष्ट पार्नुपर्ने नेताहरूको भनाइ रहेको उनी बताउँछन्।
२०८१ पुष २७
ताजा नेपाल
२०८१ पुष २७
ताजा नेपाल
२०८१ पुष २७
ताजा नेपाल