Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गठबन्धनको भागशान्तिमा किन बाउठिए माधव ?

काठमाडौं। सत्तापक्ष र प्रतिपक्षको भागशान्ति चल्दै आएको छ । प्रतिपक्षको असन्तुष्टिलाई समेट्दै जहाँसुकै भागशान्ति मिलाउने दाउमा सत्ता गठबन्धन रहेको छ । राष्ट्रियसभा निर्वाचनमा एमालेले पनि भाग खोजेपछि भागवण्डा मिलाउन गठबन्धनभित्र छलफल शुरु भएको छ । सो विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ। बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत समेटेर लैजाने प्रस्ताव गरेका थिए। सो प्रस्तावप्रति एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल असहमत भएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो। प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पुर्याउन एमालेको पनि साथ चाहिने भन्दै राष्ट्रियसभा निर्वाचनमा एमालेलाई पनि समेटेर लैजाने प्रस्ताव गरेका थिए। तर सो प्रस्तावप्रति अध्यक्ष नेपालले आपत्ति जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको एक नेताले जानकारी दिए। राष्ट्रियसभा निर्वाचनमा एमालेलाई पनि समेटेर लैजाने विषयमा सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र र सत्ता साझेदार दल नेपाली कांग्रेस सकारात्मक छन्। बुधबार बसेको गठबन्धन र एमालेबीचको बैठकमा राष्ट्रिय सभामा एमालेलाई शून्य नगर्न ओलीले प्रस्ताव गरेका थिए। सोहि विषयमा छलफल गर्न आज बैठक बोलाइएको थियो। आजको बैठकमा एमालेलाई पनि सिट बाँडफाँट गर्ने कुरा सैद्धान्तिक र रणनीतिक रुपमा पनि गलत रहेको भन्दै नेपालले आपत्ति जनाएका थिए। एमोललाई राष्ट्रिय सभामा केही सिट दिने र संस्दीय समितिमा बिचाराधीन रहेको टीआरसी विधेयक टुंग्याउन माओवादी केन्द्र र नेपाली कांग्रेस सकारात्मक देखिएका छन्। कांग्रेस उपसभापति एवं उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले विभिन्न कोणबाट छलफल भइरहेको भन्दै सहमतिको प्रयास जारी रहेको बताए।


सम्बन्धित समाचार