Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले शेयर बजारका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोड सीमा राखेपछि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक एक सातामै झण्डै २०० अंकले घटेको छ । लगानीकर्ताहरु संगठित भई आन्दोलनमै उत्रिएका छन् । पूँजी बजारमा तनावपूर्ण अवस्था देखिएपछि अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई आज सोमबार फोन गरेका थिए । कुराकानीका क्रममा उनले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थिति सहज बनाउन आग्रह गरेका हुन् । साथै, कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर समस्या समाधान गर्न पनि उनले गभर्नरलाई सुझाएका छन् ।जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेको अर्थमन्त्री शर्माको सचिवालयले जानकारी दिएको छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल