Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाँड कोराकोरबीचमै नेताहरुले भने पार्टी फुट्न दिँदैनौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गाँड कोराकोर अझै उग्र बन्दै गएको छ । एकले अर्को पक्षको अस्तित्व स्वीकार गर्न नसक्दा स्थिति झन झन जटिल बन्दै गएको छ । सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अधयक्ष प्रचण्डबीच मंगलबार पनि भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा ओली र प्रचण्डबीच भनाभन भएको हो । प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै प्रतिवेदन ल्याएपछि नेकपाभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको थियो भने ओलीले पनि प्रचण्डको काउन्टरमा प्रतिवेदन ल्याएपछि पार्टीभित्रको विवाद र नेतृत्वतहमा इगो कुन हदसम्म रहेछ भन्ने सार्वजनिक भएको थियो ।

दुई अध्यक्ष पार्टीको वैचारिक लाइन, नीति र एजेण्डामा भन्दा पनि व्यक्तिगत र राजनीतिक खिचातानीमा रुमल्लिरहेको उनीहरुले ल्याएको प्रस्तावबाट झल्किएको कतिपयले टिप्प्णी गर्दै आएका छन् । यही प्रतिवेदनका कारण र झाँगिएको विवादका बीच अब पार्टीको भविष्य के होला भन्ने अन्योलता कायमै रहेको बेला मंगलबार सचिवालय बैठक बसेको हो । सोही बैठकमा ओली र प्रचण्डबीच फेरि भनाभन भएको हो । एक सचिवालय सदस्यका अनुसार आजको बैठकमा प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान ओलीले राखेका थिए भने आफ्नो मन्तव्यका क्रममा पनि प्रचण्डमाथि शब्दबाणले घोचपेच गरेका थिए ।
यस्तै उनले प्रचण्डको प्रस्तावका कारण थप समस्या भएको भन्दै बाहिरबाटै सहमति खोजिनुपर्ने भन्दै बैठक छल्ने कुरा गरेका थिए । ओलीले बैठकबाहिरबाट समस्याको समाधान गर्ने बताएपछि प्रचण्डले प्रतिवाद गरेका थिए । बैठक कसैले पछि छल्न नमिल्ने र बैठकबाट निस्किने निचोडलाई सबैले मान्नुपर्ने बताएपछि दुई अधयक्षबीच भनाभनको अवस्था सिर्जना भएको थियो । प्रचण्डले प्रतिवाद गर्दा महासचिव विष्णु पौडेलले मात्रै ओलीको पक्षमा धारणा राखेका थिए । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा ओली र प्रचण्डको दुबै प्रस्तावमाथि छलफल सुरु भएको औपचारिक तथा अनौपचारिक तहबाट छलफल गरेर समस्याको समाधान खोजिने बताए । उनका अनुसार बैठकमा प्रचण्ड र ओलीले आफ्नो धारणा राख्नुका साथै पार्टी विभाजन हुन नदिन सबैले प्रतिवद्धता जनाएका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकको सुरुवातमा महासचिव विष्णु पौडेलको आज परेको जन्मदिनको अवसरमा केक काटेर नेताहरुले शुभकामना दिएका थिए । आजको बैठकमा नेताहरुले आ आफ्नो धारणा राखेका थिए । बोल्ने वक्ताहरुले कुनैपनि हालतमा पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका जिए । बैठक भोलि दिउँसो १ बजे पनि बैठक बसेको छ ।


सम्बन्धित समाचार