Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाई काटेको अभियोगमा आधा दर्जन पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका(१३ सिमपानीबाट गाई काटेको अभियोगमा ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुरज लामा, ५६ वर्षीय दिल बहादुर थिङ, ५३ वर्षीय सुब्बा सिं वाईवा, २० वर्षीय हरी स्याङतान, ६३ वर्षीय बिर बहादुर थिङ र ५६ वर्षीय चन्द्र बहादुर घिसिङ रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार