Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जनकपुरधाम । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले बुधबार नियन्त्रणमा लिएको छ । घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरको बयानको आधारमा अध्यक्ष यादवलाई अख्तियारले बुधबार नै नियन्त्रणमा लिएको छ । उनलाई ईटहरी लगिएको थियो । तर बिरामी परेपछि अध्यक्ष यादवलाई काठमाडौं लगिएको छ । गत साउन ३१ गते गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई राजविराजको गजेन्द्र चौकबाट २ लाख रुपैया नगद र ३ लाखको चेकसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । स्रोतका अनुसार उनीहरुले पालिका अध्यक्ष यादवको सल्लाहमै घुस लिएको बयान दिएका छन् । सोही बयानको आधारमा पालिका अध्यक्ष यादवलाई अख्तियारले नियन्त्रणमा लिएको बुझिएको छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल