Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गायक तथा संगीतकार विक्रम राइको असामयिक निधन भएको छ । आज बिहान राति करिब ३ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ । तर, के कारणले निधन भएको भन्ने पुष्टि भइसकेको छैन । पोस्टमार्टमका लागि राईलाई टिचिङ अस्पताल पुर्याइएको छ । राईले सुतेको ठाउँमै अचानक सास फेर्न छाडेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले काठमाडौं, मोडेल अस्पताल बागबजार पुर्याउनसाथ डाक्टरले मृत घोषित गरेको पारिवारिक स्रोतले बतायो । ३१ वर्षीय राई डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । उनी पहिलो नेपाल आइडल हुन् । राईले नेपाल आइडलको उपाधि जित्दा फ्रेन्चाइज नेपाल आइडल आइसकेको थिएन । खोटाङका स्थायी बासिन्दा रहेका राईले संगीत भरेको तथा गाएको गीतहरू संयौको संख्यामा छन् । ‘हौवा हौ दर्शन नमस्ते, तिम्ले बाटो फेर्यौ अरे २ र ३, जीवनसाथी तिमीलाई छ मेरो सलाम -मेल भर्सन_ लगायत गीतहरू चर्चित छन् ।
२०८१ फाल्गुन २२
ताजा नेपाल
२०८१ फाल्गुन २२
ताजा नेपाल
२०८१ फाल्गुन २२
ताजा नेपाल