Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहमन्त्रीको स्कटिङले स्कुटरलाई दियो ठक्कर

काठमाडौँ । गृहमन्त्रीको स्कर्टिङका लागि हिँडेको सुरक्षाकर्मीका अगुवा गाडीले सिंहदरबार पश्चिम गेटमा स्कुरलाई ठक्कर दिँदा दुई महिला घाइते भएका छन् । नेपाल प्रहरीको बा १ झ ५५५४ नम्बरको अगुवा जीपले बा ९४ प १०२५ नम्बरको स्कुरलाई ठक्कर दिँदा दुई महिला घाइते भएका हुन् । जीपको ठक्करबाट नुवाकोट घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते भएका छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । जीप चालकलाई महानगरीय प्रहरी वृत सिंहदरबारले नियन्त्रणमा लिएको छ । ‘बादल’लाई विमास्थलसम्म स्कर्टिङ गर्न सो जीप प्रहरी प्रधान कार्यालयबाट पुल्चोकस्थित मन्त्रीक्वार्टर जाँदै थियो ।